Erani Mahal
विद्यालयको बैठक तथा वाचनालय कक्ष भवन उद्घाटन
75339557_2587557514656510_308214343583924224_n

पाल्पा - युनेस्को र विद्यालयको कोषको लागतमा निर्माण सम्पन्न रामतुलसी मावि रामपुरको बैठक तथा बाचनालयकक्ष भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन गर्दै साइतामा युनेस्कोका सेक्रेटरी मासाको होन्डाले नेपालको शिक्षा जगत अझ सरल र सहज बन्दै सबै बाबुनानीको जीवन उज्ज्वल बनाउने हेतुले सहयोग गरेको बताउनुभयो ।

युनेस्कोका टाकासी होन्डाले सही प्रयोगका लागि अभिभावक बिद्यालय परिवार लाग्नुभयो । होन्डाका अनुसार सन् २०१९ मा युनेस्कोको सहयोगमा निर्मित यो भवन नेपालकै ९२ औं भवन रहेको जानकारी दिनुभयो ।

लामो समयदेखी पाल्पाको शिक्षा लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएका जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजेले आफ्नो जीवन नेपाली र त्यहीमाथी पाल्पालीको सेवामा लगाउन पाउँदा निकै खुशी लागेको बताउदै यहाँ गाउघरमा रहदा आफूलाई निकै आनन्द लाग्ने गरेको अनुभव सुनाउनुभयो ।

विद्यालयका पुर्व अध्यक्षहरु ऋषिराम भट्टराई, कीर्तिनाथ श्रेष्ठ, बिद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष बिष्णु प्रसाद पौडेलले सबैको सहकार्य, हौसला र देनले बिद्यालय जिल्लामा नै अग्रणी बन्न सफल भएको बताउनुभयो ।

प्रध्यानध्यापक बालकृष्ण लम्सालले साइतामा युनेस्कोको १२ लाख सहयोग र बिद्यालयको १४ लाख २ सय ७० गरि कुल २६ लाख २ सय ७० रुपैयाको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो । २ तले भवनमा परामर्श कक्ष, बाचनालय र बैठक हल रहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update