Erani Mahal
जुनतारा समाजकाे वार्षिक उत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता
75204597_732563340543505_2774657858011136000_n

पाल्पा - जुनतारा समाज निस्दी-५, गल्धा , गेझाले २२ औं वार्षिक उत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

समाजका अध्यक्ष तिल बहादुर बाह्राघरेको अध्यक्षतामा भएको भलिबल प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पा सभापति एवं ५ नम्बर प्रदेशसभा सदस्य वीर बहादुर राना रहनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै रानाले समाज रुपान्तरणको लागि युवाहरुको भुमिका महत्त्वपूर्ण रहेकोे बताउनुहुँदै अनुशाससित भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा रामपुर नगरपालिका प्रमुख रामण थापा, नेकपा पाल्पा सदस्य हेमबहादुर खाम्चा, नेपाली काँग्रेस महासमिति सदस्य ज्ञान बहादुर गाहा, नेकपा पाल्पा सदस्य नोल कुमार वयम्बु लगायतले बोल्नुभएको थियो।

प्रतियोगितामा कालीगण्डकी गाउँपालिका स्याङ्जा प्रथम, मुना परिवार सहलकोट पाल्पा द्वितीय र युवा शसक्तिकरण झिरुबास पाल्पा तृतीय भएका छन । विजय समूहलाई क्रमश नगद ६० हजार, ३० हजार, १५ हजार, कप, मेडल र प्रमाणपत्र वितरण गरेको छ।

सोही अवसरमा स्थानीय लोकसास्कृती झल्किने कौरा नाच तथा पन्चेबाजा समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको संचालन समाजका सदस्य धनेश जर्घाले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update