Erani Mahal
तानसेन युवा परिषद्काे आयोजनामा भलिबल प्रतियोगिता सुरु
75223779_1083608165303490_5740090020052598784_n

पाल्पा – तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषद्को आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले उद्घाटन गर्नुभयो ।


युवामा देखिएको विखण्डन र अराजकताको मानसिकतालाई रोकेर खेलमा युवाको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएकाे प्रमुख शाहीले बताउनुभयो । उहाँले युवा क्षेत्र स्वस्थ र अनुशासित भए मात्र मुलुकले गति लिन सक्ने धारणा राख्नुहुँदै नगरपालिकाले युवाका लागि विशेष महत्व दिएर विभिन्न कार्यक्रम तय गरेको जानकारी दिनुभयो ।


गाउँमा विभिन्न खालका प्रतियोगिताहरु आयोजना भए पनि खेलाडीको पहिचान हुन नसकेकोले खेलाडीको प्रर्वद्धन र विकास गर्न प्रतियोगिता फलदायी हुने नगर युवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाका समूहहरूबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीको छनौट गरी नगरस्तरीय भलिबल खेलको समूह बनाउने उद्देश्य रहेको छ ।


प्रतियोगितामा प्रथम हुनेलाई ७० हजार र दोस्रो हुनेलाई ४० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन खेल तानसेन–९ मदनपोखरा र तानसेन–१० तेल्घा बीच भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update