X

तिनाउमा ट्रिपर दुर्घटना हुँदा एक जना घाइते

रानीमहल संवाददाता || १७ कार्तिक २०७६,आईतवार १८:२७

पाल्पा – जिल्लाको तिनाउ गाउँपालिकाकाे श्रीडाँडा चुनढुंगा खानी परिसरमा ट्रिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आइतबार दिउँशो लु १ क १०८० नम्बरको ट्रिपर अनियन्त्रित भई बाटोबाट तल खस्दा ट्रिपर चालक रुन्देहीका ४५ वर्षिय रुकनारायण यादव घाइते हुनुभएको छ ।


उहाँको रुपन्देही भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ । ट्रिपर अत्याधिक लोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रिपर दोभानको श्रीडाँडा खानीबाट चुनढुंगा लिएर रुपन्देही जाने क्रममा दुर्घटनामा परेको हो ।

युवतीद्वारा आत्महत्या
यसैबीच रम्भा गाउँपालिका–२, नम्ता बस्ने २१ वर्षकी पार्वती रानाले आत्महत्या गर्नुभएको छ । घरदेखि २ किलोमिटर टाढा रहेको खरबारीमा बरेकको रुखमा पासो लगाई रानाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys