Erani Mahal
पाल्पामा न्यायिक वाह्य सम्बाद कार्यक्रम सम्पन्न
IMG_3948-1

पाल्पा – जिल्ला अदालत पाल्पाको आयोजनामा न्यायिक वाह्य सम्बाद कार्यक्रम तानसेनस्थित मिलिनियम माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश खड्क बहादुर केसीले अदालतले न्याय सम्पादनमा निष्पक्ष भएर भूमिका निर्वाह गर्ने बताउनुभयो ।

ठूला साना जस्तो अपराधका घट्ना अदालतमा आएपनि आफूले पीडितलाई न्याय दिने र दोषी उपर कानुन बमोजिम कारबाही हुने उहाँले बताउनुभयो । घट्नाको सत्य तथ्यलाई बलियो प्रमाण जुटाउने काम सम्बन्धित समुदायका मानिसको हुन्छ उहाँले भन्नुभयो यथार्थ भनेर अपराध न्यूनीकरणमा सहयोग पु¥याउन आग्रह गर्दछु । उहाँले आफुलाई अन्याय भएको महसुस भएमा निर्धक्क भएर अदालतमा आउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधीवक्ता कृष्णचन्द पाण्डेले सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षासम्बन्धी सहजीकरण गर्नुभएको थियो । यस्तै अदालतका स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले अदालतको गतिविधि र कार्य प्रक्रियाबारे, तहशिलदार भेषराज खनालले फैसला कार्यान्वयनका प्रक्रिया, वैतनिक कानुनी व्यवसायी बिमला ज्ञवालीले निशुल्क कानुनी सेवा र मेलमिलाप प्रक्रिया सम्बन्धी, नेपाल बार एसोसिएसन पाल्पाका सदस्य बिनोद कार्कीले कानुन व्यवसायीहरुको काम, कर्तब्य र आचारसंहिता बारे सहजीकरण गर्नुभएको थियो ।

जिल्ला न्यायाधीश खड्क बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा मिलिनियम माध्यमिक विद्यालयका कम्पनी सचिव टंक भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले कानुन बारे सचेत गराउन सके समाजमा हुने अपराध न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।


तहशिलदार भेषराज खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा मिलिनियम माध्यमिक विद्यालयमा कानुन र व्यवस्थापन सम्बन्धी विषय अध्ययन गर्दै आएका विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको छ । यसैबीच जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा समुदायमा सरकारी वकिल अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update