Erani Mahal
गुल्मीमा तीन जनाकाे शव फेला
death

गुल्मी - जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हर्राचौरमा शनिबार बिहान ३ जनाको शब फेला परेको छ । एकजना महिला र दुई बालबालिकाकाे शब फेला परेकाे हाे ।

अन्दाजी २७ वर्षकी महिला र अन्दाजी ७ र ११ वर्षको बालक समेत मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएकाे छ । मृत महिला र बालबालिकाकाे शब २ सय देखि २ सय ५० मीटर फरक स्थानमा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घटना स्थल सरमुकामबाट साढे ५ घन्टाको सवारी दुरिमा रहेको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोलि घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटना स्थल लागेर थप अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update