Erani Mahal
छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै
chhat

काठमाडौँ - आराध्यदेव सूर्य र ब्रह्माकी मानसपुत्री छठी (षष्ठी)को उपासना तथा आराधना गरी मनाइने महान् चाड छठ बिहीबारदेखि सुरु भएको छ । षष्ठी (शनिबार)का दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुरुआत र सप्तमी (आइतबार)का दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व सम्पन्न हुन्छ ।


परम्परागत रूपमा तराईमा केन्द्रित छठ यताका वर्षमा काठमाडौँ उपत्यकामा पनि उत्साहजनक रूपमा विस्तार भएको छ । धनी, गरिब, मधेसी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा छठ पर्व लोकप्रिय बन्दै गएको छ ।


वीरगञ्ज घर भई विगत पाँच वर्षदेखि राजधानीमा बसोबास गर्दै आउनुभएका राममनोहर साहले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा आफूले लिएको बताउनुभयो । विगत केही वर्षयता यस पर्वले नेपाली–नेपालीबीचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको उहाँको अनुभव छ ।


विशेष शुद्धाशुद्धि, हर्षोल्लास र परिवार, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरका रूपमा मनाइने यो पर्वले मुलुकमा सामाजिक समानता कायम गर्न मद्दत पु¥याएको छ । पूर्वीय सभ्यतामाथि पाश्चात्य सभ्यताको आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको व्रतालु र श्रद्धालु वृद्धि हुनुले महìव बढ्दै गएको उहाँको धारणा छ ।


छठ पूजाका लागि राजधानी काठमाडौँस्थित कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ ।

कमलपोखरी छठ पूजा समाजका महासचिव राजकुमार जैनले सो मन्दिर थर्माकोलबाट बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार छठी पर्वको पूजा आराधनाका लागि कमलपोखरीमा शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत आउनुहुनेछ । यहाँ तीन सयभन्दा बढी व्रतालुले पूजा अर्चनाका लागि स्थान लिइसकेको जानकारीसमेत उहाँले दिनुभयो ।

स्थान लिइसकेकाहरूलाई स्थान नम्बर उपलब्ध गराइएको छ, सोही स्थानमा आएर सम्बन्धित व्रतालुले बस्ने उहाँले बताउनुभयो ।
प्रदेश २ मा आइतबार बिदा
प्रदेश २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले छठ पर्व शनिबार र आइतबार समेत मनाउने गरिएको हुनाले आइतबारसमेत प्रदेशमा बिदा दिइएको जानकारी दिनुभयो । यसअघि सङ्घीय सरकारले छठ पर्वको पहिलो दिन हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update