Erani Mahal
कालीगण्डकी नदीमा बेपत्ता युवा अझै भेटिएनन्
73395443_421751001841535_2746996550637977600_n

रामपुर - चापाकोट खण्डमा एक युवा कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । वल्डलिंक कम्युनिकेसनको तार तान्ने क्रममा पौडी खेलेर नदी तर्दै गरेका रुपन्देही रोहिणी गाउँपालिका-६, का २४ बर्षका जयकिशोर यादव ( मोति) शुक्रबार दिउँसो देखि नदीमा बेपत्ता भएका हुन् ।

वल्डलिंकका अन्य ३ जना कर्मचारी साथी सहित नदीमा पसेकोमा अरु साथीहरु स्याङ्जा तर निस्केपनी उनी बिचबाटै नदी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको राती अबेरसम्म नदीमा खोजी गरेको र शनिवार सबेरैदेखी खोजी जारी रहने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक सोम बहादुर सारुले बताउनुभयो ।

वल्डलिंकको सेवा गत एक हप्तादेखी रामपुर क्षेत्रमा अबरुद्ध भएकोमा पुनः संचालनको लागि फाइबरको तार तान्ने क्रम जारी थियो । रामपुर ८ खैरेनी र चापाकोट ९ उत्तरगङ्गामा बिहीवार देखि तार तान्ने कोसिस गरेकोमा सफल भएको थिएन । नदिमा कुनै सुरक्षा बिना पौडीएर नदी वारपार गर्नु नै कमजोरी भएको स्थानियको भनाई छ ।

दशैमा सेवा अबरुद्ध भएर गुनासो बढिरहेको वल्डलिंकको तिहार पर्वको मुखमा गत शुक्रबारदेखि पुनः सेवा अबरुद्ध भएको हो । जसले गर्दा वल्डलिंकका सेवाग्राही मर्कामा परेका छन् । रामपुर क्षेत्रका सरकारी कार्यालय, रामपुर अस्पताल, बैंक तथा बित्तिय सेवा, संचारमाध्यम, निजि व्यवसायी एवं व्यक्तिगत रुपमा नेटईन्टरनेट सेवाका सेवाग्राही लामो समयदेखी नेट उपलब्ध हुन नसक्दा दैनिक काम गर्न असहज भएको बताएका छन् ।

दशै तिहार लगत्तै सरकारी कार्यालयमा सेवा लिएर बाहिर फर्कनेहरुको हप्तौं सम्म सरकारी कार्यालयमा नेट नभएकै कारण काम हुन नसक्दा निराश देखिन्छन् । वल्डलिंक रामपुरमा बिगत झण्डै ७ बर्षदेखी सेवा दिदै आएकोमा केही महिनादेखी फाइबर तार जोडेको छ । रामपुरमा वल्डलिंक सहित सुबिसु, टेकमाइण्ड र टेलिकमको ईन्टरनेट सेवा उपलब्ध छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update