Erani Mahal
आइतबारदेखि तानसेनमा वडाका समूहबीच भलिबल प्रतियोगिता हुँदै
69457826_2335063109896302_2314017822331633664_n

पाल्पा - तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषदले नगरपालिका स्तरिय भलिवल समुह बनाउने उदेश्यले आइतबारदेखि भलिबल प्रतियोगिता गर्न लागेको छ । तानसेन नगरपालिकाका १४ वटा वडाका समुहहरु बिचमा हुने प्रतियोगिताबाट खेलाडीको छनौट गरी नगरपालिका स्तरीय समूह निर्माण गर्ने परिषदका अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम समुहलाई ७० हजार रुपैया र दोस्रो हुने समुहलाई ४० हजार रुपैया पुरस्कार राखिएको छ ।

फाइल तस्विर ।

तानसेन युवा परिषदले शुक्रबार बैठक बसेर प्रतियोगिता सम्पन्न गर्नको लागि नेपाली सेना, खेलकुद बिकास समिती पाल्पा र जिल्ला भलिबल संघ पाल्पा लाई प्राविधिक सहयोगको आग्रह गरेको छ भने पत्रकार, बुद्धिजिबी, खेलप्रेमीलाई १७ गते बाट शुरुहुने प्रतियोगितामा सहभागिता भई खेलाडिको हौसला बढाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update