Erani Mahal
पाल्पाकाे रैनादेवी छहरामा जीप दुर्घटना हुँदा ७ जना घाइते (विवरण सहित)
ppp0

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६, नेपानेमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तानसेनबाट जुठापौवाको नेपानेतर्फ (मुझुङ् बल्ढेङ्गढी सडक) जाँदै गर्दा भित्री कच्ची सडकमा लु १ ज १४३१ नम्बरको जीप बेलुकी ६ बजे दुर्घटना भएको हो ।


जीप सडकमा रोक्ने क्रममा आफै ब्याक भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी जीपमा सवार ७ जना घाइते भएको र उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । जीपमा ११ जना सवार थिए ।

प्रतिनिधि तस्विर : शुक्रबार बिहान भैरवस्थानमा भएकाे जीप दुर्घटना ।

अन्य यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरु :-
१. पाल्पा, रैनादेवी छहरा–६, ५४ वर्षकी उमकली रास्कोटी (अवस्था मध्यम्)
२. रैनादेवी छहरा–६, ४९ वर्षकी लक्ष्मी बगाले (अवस्था मध्यम्)
३. रैनादेवी छहरा–६, ३४ वर्षकी धनकुमारी घर्ती (अवस्था मध्यम्)
४. रैनादेवी छहरा–३, ५५ वर्षकी कमला दर्लामी (अवस्था मध्यम्)
५. रैनादेवी छहरा–३, २६ वर्षकी शुकमाया विक (अवस्था मध्यम्)
६. रैनादेवी छहरा–३, ४० वर्षकी मिनाकली सुनार (अवस्था सामान्य)
७. रैनादेवी छहरा–३, २४ वर्षकी मिना गाहा (अवस्था सामान्य)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update