Erani Mahal
रामपुरमा इन्टरनेटकाे तार तान्ने क्रममा कालीगण्डकीमा युवक बेपत्ता
ee

पाल्पा - रामपुरस्थित कालीगण्डकी नदीमा एक युवा बेपत्ता भएका छन् । वर्ल्ड लिंककाे फाइबर तार तान्ने क्रममा रामपुर-८, खोरियाघाट नजिकैबाट युवक बेपत्ता भएका हुन् ।

पाल्पाकाे रामपुर बजार क्षेत्रमा इन्टरनेटकाे पहुँच बिस्तार गर्न वल्ड लिंक कम्युनिकेशनले फाइबरकाे तार तान्ने काम गरिरहेकाे छ । साेही क्रममा रोहिणी गाउँपालिका-४, रुपन्देहीका २४ वर्षिय जय किशोर यादव नदीमा वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

उक्त कम्पनीकाे गाडी चालक समेत रहेका यादव विहान अन्य ३ जना व्यक्तिहरुसंगै रामपुर-८ खोरियाघाटस्थित कालीगण्डकी नदीमा पसेका थिए । वेपत्ता भएका यादवको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update