Erani Mahal
भैरवस्थान मन्दिर परिसरमा जीप दुर्घटना
ddd

पाल्पा - पाल्पाकाे रिब्दीकाेट - ४, भैरवस्थान मन्दिर परिसरमा शुक्रबार बिहानै जीप दुर्घटना भएकाे छ । रैनादेवी छहरा गाउँपालिका मेहलढापबाट भैरवस्थान मन्दिरमा भक्तजन लिएर आएकाे जीप दुर्घटनामा परेकाे हाे ।

भैरवस्थान मन्दिर परिसरमा भक्तजन ओरालेपछि पार्किङ् गर्ने क्रममा लु १ ज २४८१ नम्बरकाे जीप दुर्घटनामा परेकाे हाे । सवारीकाे ब्रेक फेल भएर पार्किङ् गर्ने क्रममा जीप ३० मीटर तल खसेकाे भैरवस्थान मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथाेकीले जानकारी दिनुभएकाे छ ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति भएकाे छैन । जीपसँगै चालक दुर्घटनामा परेपनि चालक सकुसल रहेकाे उहाँले बताउनुभयाे ।

तस्विर : मीनबहादुर बुढाथाेकीकाे सहयाेगमा ।
तस्विर : मीनबहादुर बुढाथाेकीकाे सहयाेगमा ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update