Erani Mahal
पाल्पा घुम्न आउने आन्तरिक र बाह्य पर्यटककाे संख्यामा बृद्धि
Shreenagar_with_Tansen

पाल्पा – पाल्पाका ऐतिहासिक सम्पदाहरूको अवलोकनका गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बृद्धि भएको छ । दशैंतिहार र जाडोयाम सुरु भएसँगै स्वदेशी र विदेशी पर्यटक समेत पाल्पाको विभिन्न स्थानमा रहेको ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा घुम्न आउने गरेका छन् । सेनकालिन र राणकालिन ऐतिहासिक सम्पदाहरु पाल्पा दरबार, नारायणस्थान, मूलढोका, भैरवस्थान, रानीमहल घुम्न आउने पर्यटकहरूको संख्या बृद्धि भएको छ ।


भगवान गौतम बुद्धको जन्मथलो लुम्विनी भ्रमण आएका विदेशी पर्यटकहरू समेत पाल्पामा आउने गरेका छन् । दशैँ तिहारको विदामा घुम्न आउने स्वदेशी पर्यटक धेरै छन् । यस्तै विदेशबाट समेत यतिबेला पाल्पा घुम्न आउने मानिसको संख्यामा बृद्धि भएको छ ।


पाल्पा राज्य बाइसे–चौविसे राज्यका बेला बनेका ऐतिहासिक र कलात्मक स्थलहरू पर्यटकका लागि आकर्षक बनेको छ । पछिल्लो समय रानीमहल तानसेन नगरपालिकाले जिम्मा लिएपछि रानीमहलको अवलोकनका लागि आउने पर्यटक अत्याधिक बढेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । उहाँले रानीमहललाई स्वदेशी र विदेशी पर्यटकको आकर्षक स्थल बनाउन नगरपालिका र प्रदेश सरकारले लगानी गरेको बताउनुभयो । रानीमहलमा अहिले दिनहुँ पाँच सय भन्दा बढी आन्तरिक र बाह्य पर्यटक आवतजावत गर्ने गरेका छन् ।

यस्तै पाल्पा दरबारमा संग्राहलय सञ्चालन गरेपछि यहाँ राखिएको बस्तु हेर्न आउने पर्यटक समेत बढेका छन् । संग्राहलयभित्र राखिएका ऐतिहासिक कला संस्कृति झल्कने बस्तुले पर्यटकलाई आकर्षित गरेको दरबार संग्राहलयका कर्मचारी बताउँछन् । तानसेन श्रीनगरको भ्यु टावरबाट पाल्पाका विभिन्न स्थान, तराई, हिमालका दृश्य अवलोकनमा समेत पर्यटकहरु व्यस्त हुने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update