Erani Mahal
तिहार सकिएलगत्तै पाल्पाका किसानलाई धान भित्र्याउने चटाराे
dhan-katdai

पाल्पा – यो वर्षको तिहार सकिएसँगै पाल्पाका किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याई छ । चाडपर्व दशैँतिहार लागेसँगै खेतमा पहेलपुर भएर पाकेका धान घरभित्र स्याहार्न पाल्पाका किसानलाई अहिले भ्याई नभ्याई भएको हो ।

पाल्पाको अन्नभण्डार माडी फाँट, रामपुर फाँट, अर्गली फाँट, कचल फाँट, झडेवा फाँट, पूर्वखोला फाँट, गेझा फाँटका किसान तिहार सकिएपछि खेतमा धान स्याहार्नका लागि व्यवस्त बनेका छन् । जिल्लाभर यो वर्ष ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

धान पाकेपछि स्याहार्न यतिबेला सबै किसान खेतमा धान काट्न, धान उठाउन, थ्रेसल लगाउन व्यस्त छन् । वर्षामा लगाएकाे धान पाकेपछि धान काट्ने ज्यामी खाेजेर, नयाँ भित्रिएका प्रविधिकाे सहयाेगमा धान स्याहार्ने माचो छ ।

पाल्पामा पछिल्लो वर्षहरुमा उन्नत जातकाे धान खेतीले धान उत्पादनमा बृद्धि भएको छ । यद्यपी यो वर्ष माडीफाँटमा लगाइएको धानमा फोके रोगले आक्रमण गरेकाे माडी रुप्सेका किसान धनबहादुर सारुले बताउनुभयो । यो वर्ष धान पाक्ने बेलामा पोके लागेर धान खत्तम बनाएको छ माडी कसेनीका किसान रुकबहादुर रानाले भन्नुभयो धानका बियाँमा ४० प्रतिशत पोके रोगको संक्रमण छ । यसले धान उत्पादन घट्न सक्छ ।

पाल्पामा हाइब्रिड जातका धानमा युएस–३१२, च्याम्पियन, गोरखनाथ, युएस–३१२, एराइड–६४४४, खुमलटार, डिवाइ जस्ता धानको खेती हुँदै आएको छ । यस्तै परम्परागत रुपमा स्थानीय अनदी, कालो झिनुवा, रातो झिनुवा, जर्नेली, बर्मेली, आमझोत्ते र गाहा जातका धान खेती हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update