Erani Mahal
पाल्पाकाे विभिन्न स्थानमा कुमारी बैंककाे शाखा रहित बैंकिङ् सेवा
kumari-banks2-550x420-1

पाल्पा – कुमारी बैंक पाल्पा शाखाले जिल्लाकाे विभिन्न स्थानीय तहहरूमा शाखा रहित बैङ्किङ् सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा बैङ्किङ् सेवा पु¥याउने उद्देश्यले बैंकले जिल्लाको बगनासकाली, रैनादेवी छहरा, तिनाउ र रम्भा गाउँपालिकामा शाखा रहित बैङ्किङ् सेवा सञ्चालनमा ल्याएको हो ।


बैंकले रैनादेवी छहरा गाउँपालिको मुझुङ्ग, भालुखान, बगनासकाली गाउँपालिकाको यम्घा, बराङ्गदी लगायतका स्थानमा सेवा सञ्चालनमा ल्याएको छ । यस्तै तिनाउ गाउँपालिकाको चरचरे, रम्भा गाउँपालिकाको हुमिन, रैनादेवी गाउँपालिकाको सोमादीमा सेवा सुचारु गरेको बैंकका पाल्पा शाखाका प्रवन्धक अम्बिकाप्रसाद बस्यालले जानकारी दिनुभयो ।


शाखा रहित बैङ्किङ् केन्द्रबाट ग्राहकहरूले बैंक खाता खोल्ने, रकम जम्मा गर्ने, रकम झिक्ने, बिजुलीको बिल भुक्तानी गर्न, विप्रेषण रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकले भविष्यमा समेत यस्ता सञ्जालहरूको विस्तार गर्दै जाने योजना राखेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update