Erani Mahal
पाल्पामा साढे पाँच लाख नगद सहित १३ जुवाडे पक्राउ (नामावली सहित)
Juwade

पाल्पा, जिल्लाको रिव्दिकोट गाउँपालिका ७ डबकामा कौडा (जुवा) खेल्दै गरेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार प्रतिनिधि तस्विर गुगल


जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक देवराज पौडेलको कमाण्डमा गएको टोलीले उनीहरुलाई ५ लाख ४५ हजार ८ सय ५५ नेपाली र दुई हजार पाँच सय २० रुपैंया भारतीय रुपैंया र १३ थान काैडा सहित खालबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पछिल्लो समयमा पाल्पाका विभिन्न स्थानमा जुवा, कौडा खेल्नेहरुको संख्या बढ्दै गइरहेको छ । यस अघि प्रहरीले तानसेनबाटै १९ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई कानून अनुसार आवश्यक कारवाही हुने र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुको नामावली हेर्नुहोस् ः

स्रोत ः जिप्रका, पाल्पा ।

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update