Erani Mahal
भाई मसला लिएर ३६ वर्षदेखि भारतीय व्यापारी पाल्पामा
72734706_403242023690946_3205062694021365760_n

बजारमा तिहारकाे चहलपहल बढ्याे
पाल्पा । नेपालीहरुको महान पर्व शुभदिपावली (तिहार) नजिकिदैं जाँदा भारतीय व्यापारीहरु भाईटिकाका सामग्री सहित व्यापारका लागि नेपालका विभिन्न स्थानमा आएका छन् ।
बेलहिया सुनौली नाका हूँदै भाइटिका सामग्रीसहित भारतीय खुद्रा व्यापारीहरू रुपन्देही हुँदै पाल्पा र गुल्मी लगायतका बजार र गाउँ गाउँमा समेत पुगेका हुन् ।


तिहारको भाइटिकाका लागि आवश्यक पर्ने विभिन्न सप्तरङ्गी टिका, माला, मिठाई, टिकापछि दिइने प्रसाद, उपाहार सामग्रीसहित भारतका साना खुद्रे व्यवसायी पाल्पा आएका हुन् । परम्परादेखि नै भारतको नौतनवा, गोरखपुर, विहार, झासी, लखनउ लगायतका स्थानबाट सयौं व्यापारी भाइटिकाका सामग्री लिएर पाल्पा आउने गरेको उनीहरूले बताएका छन् ।


तिहारमा आवश्यक पर्ने साम्रगी लिएर ३६ वर्ष देखि नै खुद्रा व्यापार गर्न आउने चलन अनुसार यो वर्षपनि भाइटिकामा आवश्यक पर्ने सामग्री बिक्री गर्न आएको गोरखपुरका विरन बानियाँले बताउनुभयो ।
उनले भाइटिकामा आफूहरूले स्थानीय स्तरमा उत्पादन गरेको सामग्री पाल्पामा बढी बिक्री हुने भएकाले बिक्री गर्न १५ दिनको विदा लिएर घरबाट आएको बताउछन् । उनका अनुसार दशैंपछि भारतका अन्य काम गर्ने व्यवसायी पनि काम छाडेर भाइटिकाको सामान लिएर नेपाल आउने गरेका छन् । तिहारको समयमा कमाउनेले २।३ लाख र सामान्यले पनि ४०।५० हजारको व्यापार गर्ने उनीहरु बताउँछन् ।


तिहारमा आवश्यक पर्ने पटका, सितारा, घर सजाउने बत्ति तथा भाइटिका सम्पन्न गर्न आवश्यकता पर्ने अधिकांश सामग्री भारतबाट भित्रिने हुनाले साना व्यापारीले थैलो बनाएर पाल्पा आउने गरेका यहाँका व्यवसायी बताउँछन् । भारतमा टिकाका सामग्री सस्तो पर्ने भएकाले उनीहरू नेपालमा आएर व्यापार गर्दा फाइदा हुने भएकाले नेपालमा छिरेर उनीहरूले व्यापार गरेको पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । सानो संख्यामा सामग्री ल्याउदा भन्सार नलाग्ने भएकाले खुद्रा व्यापारीहरू तिहारको सामग्री बेच्न ३०।४० वर्षदेखि नै आउने गरेको उनले बताउनुभयो ।


तिहारमा राम्रो व्यापार हुने हुँदा नेपालमा आएर पाँच÷सात किलो टिका र अन्य तिहारमा प्रसादको रूपमा प्रयोग हुने ओखर, काजु, किसमिस, छोडा लिएर आएको टोलीका अगुवा गोरखपुरका जयप्रकास बाँनियाले बताउनुभयो । भाइटिका र प्रसादको राम्रो व्यापार हुने आशले पाल्पामा आएपनि पाँच सात वर्षपहिले जस्तो व्यापार नहुने उनले बताउनुभो । उनका अनुसार २।३ हजार लगानी गरेर आउदा ३०।४० हजार सम्म कमाई हुने बनिँया बताउँछन् ।


भारतका दुई दर्जन बढी व्यापारी तानसेन भित्रिएपछि अहिले बजारका विभिन्न चोक तथा गल्ली भरिन थालेका छन् । भारतका यस्ता खुद्रे व्यापारीहरू स्थानीय व्यापारीको सडक पेटी तथा चोक प्रयोग गरेर आफ्ना सामग्री बिक्री गरिरहेका छन् ।

नगरपालिकाले तानसेनका फुतपाथे व्यापारीलाई खुल्ला सडकमा व्यापार गर्न नदिएपनि भारतका व्यापारीले भने जहाँपायो त्यही व्यापार गरेको गुनासो बढेको छ । यस्ता भारतीय पोके व्यपारीलाई नियन्त्रण र स्थानीय व्यवसायीको प्रोत्साहनको लागि नगरपालिकाले नगरप्रहरी खटाएर अन्य भन्दा बढी नै राजस्व लिने गरेको नगरप्रवक्ता दामाेदर प्रसाद घिमिरेले बताउनुभयो । नगरको सुन्दरता र ट्राफिक व्यवस्थापनमा असर पर्ने भएकाले नगरपालिकाको करमा दायरामा भारतीय पोके व्यापारीलाई ल्याइएको उहाको भनाई छ ।

सरकारले सीमा नाकामा कडाई नगर्दा र नगरपालिकाले न्यून शुल्कमा भारतका व्यापारीले जथाभावी व्यापार गरेर जिल्लाका अन्य व्यवसायी मारमा परेको पाल्पा उद्योग वाणिज्यसंघका अध्यक्ष मोहोन प्रसाद श्रेष्ठले बताउनुभयो । उद्योग वाणिज्य संघले राजस्व कार्यालय, प्रशासन र नगरपालिकालाई पोके व्यापारीको निरुत्साहित गर्नुपर्ने र अन्य करको दायरामा ल्याउनुपर्ने माग गरेको श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update