Erani Mahal
अब समृद्दिकाे मार्गमा अगाडी बढ्दै छौ: देवेन्द्र पौडेल
Sunil-

थम्मन थापा बागलुङ कात्तिक ९ . नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ का संघिय सांसद देबेन्द्र पौडेलले नेपालमा समावेशी समानुपातिक पहुॅच र प्रतिनिधित्वको सुनिश्चितता प्रणाली भएको लोकतन्त्र अपनाईएको बताउनु भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएकाे हाे । हरेक चाडपर्वहरु नेपालीहरु बिचको एकता, सदभाव साटने प्रतिकको रुपमा रहेको बताउनुभयाे । मिलेर राणा शाषन फाल्यौं, पञ्चायती फाल्यौं, राजा फाल्यौं, संविधान बनायौं र अब देशमा २ तिहाईको सरकारले देशको समृद्विमा क्रमिक रुपमा अगाडी बढिरहेको भन्दै अब जनताले त्यसको विस्तारै महसुस गर्ने गरि विकास निर्माणका कार्यहरु अगाडी बढिरहेको पौडेलको भनाई छ । अब प्रत्येक पालिका सदरमुकाम सँग कालोपत्रे सडक बनाउन सरकारले गृहकार्य भईरहेको बताउनु भएकाे छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि घोडाबाँधे सम्म खण्डमा पटक पटक विभिन्न बाहानामा काम हुन नसकेको र अहिले सरकारले त्यस तर्फ उच्च निगरानी गरिरहेको र काम अनि त्यहि अनुरुप अगाडी बढिरहेको बताउनुभयाे । त्यस्तै गलकोट नगरपालिका र ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोडने सडक र मल्म पाण्डवखानी, रणसिंहकिटेनी, खुंगा हुँदै बुर्तिबाङ, ढोरपाटन जोडने सडक लाईफ लाईनको रुपमा रहेको भन्दै सरकारले चरणबद्व रुपमा स्तरोन्नति गर्दै कालोपत्रे गर्ने तयारी भईरहेको जानकारी दिनुभयाे ।

त्यसले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए । त्यस्तै गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगरले संघियताको सुन्दर पक्ष भनेको आम जनताको पहुँच र अधिकार प्राप्ति भएको बताएका छन । देशमा नयाँ संविधान निर्माण भईसकेको हुँदा अब नयाँ सन्दर्भ र परिवेशमा हामीहरु रहिरहेको र अब संघियताको मोडलमा देशको विकास र समृद्विमा सबै सरकार लागिपरेको बताउनुभयाे । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेपाली काॅग्रेस गलकोट नगर सभापति नारायण ध्वज मल्ल र राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटी अध्यक्ष टंक केसीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ताहरु, भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, नेकपा नगर कार्यालय सदस्य कौशिला घर्तीको स्वागत मन्तव्य र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update