Erani Mahal
तिनाउँमा शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक शिक्षा
75392663_2327397864187398_2020481843014402048_n

पाल्पा, तिनाउँ गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न विद्यालयहरुमा अभिभावक शिक्षा कार्यक्रम गरिएको छ । पालिकाले विभिन्न वडाहरुका विद्यालयमा वार्षिक कार्यक्रम नै बनाएर अभिभावक शिक्षा दिएको छ । अभिभावक सचेत नभई शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नसकिने भएकोले गाउँपालिकाले गाउँ गाउँमा गएर अभिभावक शिक्षा प्रदान गरेको अध्यक्ष ओमबहादुर घर्तीले रानीमहललाई बताउनुभयो ।


गाउँपालिकाले यस वर्ष ४० वटा विद्यालयमा अभिभावक शिक्षा दिने कार्यक्रम रहेको अध्यक्ष घर्तीले बताउनुभयो । अभिभावक शिक्षा कार्यक्रममा व्यक्तिगत सरसफाई, अनुशासन, पोशाक, नैतिक शिक्षा, समय पालना, बालमैत्री व्यवहार, सामाजिक जागरण र सांस्कृतिक मूल्य मान्यता लगायतका विषयमा शिक्षा दिइएको गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मी कुँवरले बताउनुभयो ।


कार्यक्रममा शिक्षा अधिकृत लक्ष्मी कुँवर र शिक्षा शाखाका कृष्ण ज्ञवालीले अभिभावकहरुलाई शिक्षा दिनुभएको छ । वडा नं. ४ सत्यवतीको गिजनचौरमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्ष दानबहादुर गाहा, वडा सदस्य गीरबहादुर आले, तिलोत्तमा माविका प्रअ झविन्द्र ज्ञवाली लगायतले बोल्दै अभिभावक शिक्षाले शैक्षिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर चौहानको अध्यक्षता र प्रधानाध्यापक लालुसरा चौहानले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update