Erani Mahal
बालबालिकालाई विद्यालय जान प्राेत्साहन गर्न प्रहरीद्वारा शैक्षिक सामग्री प्रदान
tt-1

पाल्पा – बालबालिकालाई विद्यालयमा जान प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाल्पाले माथागढी–३, एक्लेबरको साहारा देवी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने र सामाजिक हिंसा, विकृति र विसंगतिबाट जोगाउन यस्तो कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।


साहारा प्राविका ३१ जना विद्यार्थीहरुलाई कापी, कलम, कटर, इरेजर,पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो । प्रहरीले जिल्लाभरनै यस्ता कार्यक्रम निरन्तर गर्दै आएको र यसले कलिला बालबालिका कुलतमा लाग्नबाट बच्ने प्रहरी, सामुदायिक सेवा केन्द्रको विस्वास छ ।

तस्विर सहयाेग : जिप्रका पाल्पा ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, भीमबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका सदस्य दिनेश गन्दर्भ लगायतको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री तानसेनका व्यवसायी माधव पाण्डे, मक्दुल मिया र डेकबहादुर लोहागुनले सहयोग गर्नुभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update