X
20
Shares

तिनाउँ गाउँपालिकामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

रानीमहल संवाददाता || ८ कार्तिक २०७६,शुक्रबार १८:४३

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । निर्वाचनको समयमा मात्र निकट हुने जनताको गुनासोलाई सम्बोधन गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।

जतनाको समस्या,चासो,गुनासोलाई समधान गरि जनताको अपेक्षालाई पुरा गर्न जतनासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो । जनतासँग योजना छनौटको समयमा मात्र वर्षमा एकपटक पुग्दा माग सम्बोधन हुन नसकेकोले यस्तो खाले कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।


जनतासँग जनप्रतिनिधि कार्यक्रम तिनाउ २ दोभानका अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण र सम्मान कार्यक्रमबाट सुरु गरिएको छ । कार्यक्रममा वडामा कृषि पेसामा संग्लगन किसनालाई कृषि सामाग्री हस्तान्त्रण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का सांसद तुलाराम घर्ती बसन्तले जनतासँग जनप्रतिनिधि कार्यक्रमले प्रतिनिधि र जनताबिच सुमधुर सम्बन्ध कायम गरि विकास निर्माणमा टेवा पुग्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगर, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, प्रवक्ता राजेश श्रेष्ठ लगायतले यस्तो खाले कार्यक्रमले जनताको आवश्यकता र माग बुझ्न सहज हुने भएकोले विकासले फड्को मार्ने बताउनुभयो । 
कार्यक्रमको अध्यक्षता तिनाउ २ दोभानका वडा अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys