Erani Mahal
पूर्ण सरफाई अभियानमा तिनाउँ गाउँपालिका
74456021_400038700886739_7480873701441798144_n

पाल्पा – तिनाउँ गाउँपालिका पाल्पाले गाउँलाई पूर्ण सरसफाईयुक्त गाउँ बनाउने भएको छ । गाउँपालिकाले आगामि वर्षभित्रमा पालिकाका सबै वडा र वस्तीहरुमा पूर्ण सरसफाई तथा स्वच्छनदता समितिहरु गठन, पूर्ण सरसफाईका सूचकहरुको विकासमा लागेको अध्यक्ष ओमबहादुर घर्ती मगरले रानीमहललाई बताउनुभयो । उहाँले गाउँका सबै वडाहरुलाई खुला दिशामुक्त भएपछि पूर्ण सरसफाई अभियान जारी राखेको बताउनुभयो ।


यसै विच गाउँपालिकाले वडा नं. ६ मस्याममा पूर्ण सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । वडा अध्यक्ष टोमबहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय खानेपानी तथा पूर्ण सरसफाई तथा स्वच्छता समिति समेत गठन गरेको छ ।


गाउँपालिकाले सबै वडाहरुमा स्वच्छता समिति र अन्य समितिहरु गठन गरेर पूर्ण सरफाईको कामलाई तीव्रता दिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update