Erani Mahal
तिहारमा पटाका प्रयाेग गर्न निषेध, राति १० बजेपछि देउसी खेल्न नपाइने
uuuuu

पाल्पा - प्रशासनले तिहारमा पटेका, भुइचम्पा, आतसबाजी तथा प्रज्वलनशील पदार्थकाे बिक्री वितरण नगर्न कडा निर्देशन जारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने र सम्भावित दुर्घटना गराउने बस्तु, पटाका, भुइचम्पा जस्ता बस्तुकाे खरिद र बिक्री गर्नेलाइ कडा कारबाही गर्ने सूचना गरेकाे छ ।

पहिलेदेखि नै तिहारमा मनाेरन्जनका रूपमा पटाका पड्काउने, भुइचम्पा जलाउने र आतसबाजी गर्ने गरिन्छ । तर प्रशासनले भने यस्ता फजुलमा भएकाे खर्चले पटेका पड्केर मानव जीवनमा असर गर्ने भन्दै सर्वसाधारण र व्यापारी व्यवसायीलाइ यस्ता बस्तुकाे काराेबार बन्द गर्न भनेकाे हाे ।

यस्तै तिहारमा तास, जुवा नखेल्न, नखेलाउन र साँझ १० बजेसम्म मात्र मदिरा बिक्री गर्न, त्यसपछि मदिरा र हाेटल संचालन नगर्न हाेटल व्यवसायीलाइ प्रशासनले भनेकाे छ । कसैले कानुन विपरीत पटेका, भुइचम्पा, आतसबाजीकाे प्रयाेग र बिक्री गरे कारबाही गरिने प्रशासनले जनाएकाे छ । यस्तै हाेटलमा जथाभावी मदिरा बिक्री गरे, १० बजेपछि मदिराकाे काराेबार गरे र तास जुवा खेले र खेलाइएकाे पाए कारबाही हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले कडा सूचना शुक्रबार जारी गरेकाे छ ।

यस्तै  तिहारमा रातको १० बजेपछि देउसी भैलो खेल्न बन्देज लगाइएको छ । शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले काठमाडौंमा रातको १० बजेपछि देउसी भैलो खेल्न नपाउने नियम लागु गर्न लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update