Erani Mahal
पूर्वखाेला प्रदेश पाँचकै पहिलाे पूर्ण संस्थागत सुत्केरी गाउँपालिका
palpad

पाल्पा – पूर्वखोला गाउँपालिकालाइ प्रदेश ५ कै पहिलाे पूर्ण संथागत सुत्केरी गाउँपालिकाकाे रूपमा घोषणा गरिएकाे छ । पूर्वखोला गाउँपालिकाले गत वर्ष सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर संचालन गरेको थियो ।

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गाउँपालिकालाइ पूर्ण संथागत सुत्केरी घोषणाकाे प्रमाणपत्र दिनुभयाे । प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बुझ्नुभयाे ।

साेही अवसरमा मन्त्री बरालले पूर्ण संथागत गाउँपालिका हुन सफल भएकाेमा बधाइ दिनुहुँदैं यसले प्रदेशकै गरिमा कायम गरेकाे बताउनुभयाे ।

उहाँले संविधानले उल्लेख गरेकाे अधिकार कार्यान्वयन गर्न पूर्वखाेला गाउँपालिका सफल भएकाे बताउँदै प्रदेश ५ कै पहिलाे संस्थागत सुत्केरी गाउँपालिका भएकाे बताउनुभयाे । अहिले संघीयता बिराेधीहरूले काम नगरेकाे भन्ने प्रचार गरेपनि गाउँपालिकाले गरेकाे कामले सिंह दरबारकाे अधिकार गाउँमा पुगेकाे व्यवहारिक सन्देश हाे भन्नुभयाे ।

पूर्वखोला गाउँपालिकामा आर्थिक वर्ष ०७५/७६ मा वडा न १ मा जम्मा ८५ जना महिलाहरू सुत्केरी भएकोमा स्वास्थ्य संथामा ४२ जना र अन्य संस्थामा ४३ जना सुत्केरी भएका थिए ।

रिङ्नेरहमा ४५ जाना सुत्केरी भएकोमा २५ जना रिङ्नेरह स्वास्थ्य चौकी र २० जाना अन्य स्वास्थ्य संस्थाम सुत्केरी भएका थिए । देवीनगरमा ४० जना सुत्केरी भएकोमा १४ जाना स्वास्थ्य संथामा र २६ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । बिरकोटमा ५७ जना सुत्केरी भएकोमा ४१ जाना बिरकोट स्वास्थ्य संस्थामा र १६ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । हेक्लङमा ३८ जना सुत्केरी भएकोमा २७ जना हेक्लाङ स्वास्थ्य केन्द्र र ११ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएका गाउँपालिकाले जनाएकाे छ ।

कार्यक्रममा प्रदेश ५ का सांसद नारायण प्रसाद आचार्यले संविधानमा उल्लेख भएकाे अधिकार कार्यान्वयन गर्न तीनै तहकाे सरकार क्रियाशिल रहेकाे बताउनुभयाे । उहाँले पाल्पाकाे विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियाेजन गरेकाे उल्लेख गर्नुभयाे ।

अर्का प्रदेश सांसद युवराज खनालले स्थानीय तहले दिएको अधिकारहरुको नतिजा देखिदै गएको बताउनुभयाे । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बाहादुर थापाले पूर्ण संथागत सुत्केरी गाउँपालिका बनाउन सहयाेग गर्ने सबैलाइ धन्यवाद दिनुभयाे ।

कार्यक्रममा पूर्वखोला गाउँपलिला प्रशासकीय अधिकृत भेषराज पन्तले गाउँपालिकाले गरेको कामकाे नतिजा देखिएकाे बताउनुभयाे । कार्यक्रममा रामपुर नगरपलिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, पूर्वखोला गाउँपालिका वडा न १ वडा अध्यक्ष भोग बहादुर थापा, पाल्पा जिल्ला स्वास्थ्य कार्यालय निमित्त प्रमुख कल्पना पौडेल, नेपाल पत्रकार माहासघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल, पूर्वखोला नेकपा गाउँकमिटी अध्यक्ष देवी प्रसाद पंगेनी माथागढी स्वस्थ्य संयोजक यम बहादुर चिदी, सुआहारा पाल्पाका ज्ञान दिप आचार्य, जनमार्ग प्रध्यानाद्यापक श्याम दिशा, उद्ध्बुद्ध कलेज स्वबियु सभापति नबिन आचार्यलगायतले शुभकामना मन्तव्य राखनु भएको थियो ।

पूर्ण संथागत सुत्केरी गाउँपालिका घोषणा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्रीराज आचार्यलेले गाउँपालिकामा भएका सुत्केरी महिलाकाे अवस्थाकाे बारेमा जानकारी दिनुभएकाे थियाे । कार्यक्रम सूचना अधिकारी माेहन ढकालकाे संचालन र गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराइको स्वागत र गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update