Erani Mahal
कश्मीर भिडन्तमा ज्यान गुमाएका पाल्पाका श्रेष्ठकाे भारतमै अन्तेष्टि
75264760_2387674914661153_3668491984542105600_n

पाल्पा - गत शनिबार राति भारत–पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा ज्यान गुमाएका पाल्पाको रामपुर नगरपालिका–४, सतवर्तका २१ वर्षीय गमिल श्रेष्ठको अन्त्येष्टि भारतमै गरिएको छ ।

गमिलका बाबु रुद्रनारायण श्रेष्ठ र दाजु गणेश श्रेष्ठ गमिलको अन्त्येष्टिमा सामेल हुन भन्दै भारत पुग्नु भएकाे थियाे । भारतीय सेनाले बनारसको काशीघाटमा गमिलको दाहसंस्कार गरेको हो ।

छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार श्रेष्ठको काजकिरिया उहाँका ९७ वर्षीय हजुरबुवाले गर्ने अाचार्यले बताउनुभयाे । गमिलका हजुरबुवा र हजुरआमा जीवितै भएका कारण उनका बाबुले काजकिरिया गर्न नमिल्ने भएकाले हजुबुवाले यो उमेरमा नातिको किरिया गर्नुपरेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update