Erani Mahal
स्वास्थ्य संस्थामा सुत्केरी भए आयोडिनयुक्त नुनसहित खाने तेल
608010840pregnency-and-salt-

जाजरकाेट- कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् ।

असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन्। जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या  बढेको हो।

सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँदा यातायात खर्च दुई हजार र चारपटक गर्भ जाँच गराउँदा थप रु ८०० भत्ता दिने गरेको छ। नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप रु एक हजार भत्ता दिने गरेको छ।

भत्ताका साथै नगरपालिकाले सुत्केरी महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजी, साबुन, ब्रस, पेन्टी, प्याड, न्यानो कपडालगायतका सामग्री दिने गरेको छ। नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजीसहित विभिन्न सामग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।

नलगाड नगरपालिका–३ की २५ वर्षीया वृहस्पती पुनले चारपटक नियमित गर्भ जाँच, सुत्केरी हुन स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी भइन। उनले एकमुष्ट रु तीन हजार ८००, डेढ लिटर तेल, नुन र अन्य सामग्री पाइन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update