Erani Mahal
स्वदेशमा उत्पादन नहुँदा तिहारमा भारतीय प्लाष्टिकका मालाको कारोवार
73151303_471714876772839_3078083364599627776_n

पाल्पा- मखमली र सयपत्री मालाको प्रयोग हुने तिहारमा पछिल्लो समयमा प्लाष्टिकका कृतिम मालाले बजार लिन थालेको छ । जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण बजारहरुमा भारतीय प्लाष्टिकका मालाको विक्रि वितरण भइरहेको छ ।


पछिल्लो समयमा ग्रामिण क्षेत्रमा मानिसहरुको बसोवास नहुने, व्यवसायिक रुपमा फूलखेति नहुनु र प्लाष्टिकका मालाहरु निर्वाध रुपमा आयात हुने गर्दा यस्ता मालाले बजार ओगेट्न थालेको हो ।

पाल्पामा समेत पछिल्लो समयमा जिल्ला सदरमुकाम तानसेन, रामपुर, ताँहु, बतासे, सराई, हार्थोक लगायतका ग्रामिण क्षेत्रमा समेत यस्ता कृतिम मालाले स्थान लिएको छ, जसले गर्दा तिहारको ऐतिहासिकता हराउँदै जाने र ठूलो मात्रामा नगद विदेशिने गरेको छ ।

जिल्लाका गाउँ गाउँमा प्रत्येक घरले फूल लगाउने (व्यक्तिगत प्रयोजनका लागि) भएपनि गरिन्थ्यो, तर पछिल्लो समयमा फूल खेति हराउँदै गएको छ । केही युवाहरुले व्यवसायिक रुपमा फूल खेतिको सुरुवात गरेका छन् तर त्यसले माग धान्न नसक्दा भारत लगायतका तेस्रो मुलकबाट आयात गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुको भनाई छ ।

बजारमा प्लाष्टिकका मालासँगै मखमली र सयपत्री फूलको माला समेत भारतबाट ल्याएर बेच्नुपर्ने बाध्यता रहेको तानसेनका व्यवसायी कमल भण्डारीले बताउनुभयो । उहाँका अनुसार तिहारमा माला र फूलको माग उच्च भएता पनि स्वदेशी उत्पादनले थेग्न सक्ने अवस्था भने छैन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update