Erani Mahal
अर्गलीमा प्रहरी चाैंकीकाे नयाँ भवन उद्घाटन
73074801_2421344694779907_7254562953968484352_n

चुरामणी तिमिल्सिना, तानसेन – पाल्पाको अर्गलीमा प्रहरी चौकीको नयाँ भबनकाे बिहीबार एक समारोहका बिच उद्घाटन गरिएकाे छ । प्रदेश न ५ का प्रहरी प्रमुख सुरेस बिक्रम शाहले रिबन काटेर नयाँ भबनको उद्घाटन गर्नुभएको हाे ।

वि.स. २०६९ सालमा अस्थायी प्रहरी चौकीको नामले रहेको चौकी २०७० सालामा स्थायी प्रहरी चौकी भएकाे थियाे । तानसेन नगरपालिका -१४, का वडा अध्यक्ष कमल रानाले प्रहरी चाैकी स्थापना र भवन बनेपछि यस क्षेत्रका नागरिकले शान्ति सुरक्षाकाे अनुभूति गर्ने बताउनुभयाे ।

प्रमुख अतिथि शाहले अब प्रहरीले बनाएका सबै भबनहरु आधुनिक किसिमले बन्ने बताउँदै प्रहरी जनताकाे सुरक्षामा निरन्तर खट्ने बताउनुभयाे ।

प्रहरीकाे शान्तिसुरक्षा कायम गर्ने र अन्य सामाजिक कार्यमा समेत संलग्न हुने बताउँदै उहाँले प्रहरीलाइ सबै नागरिककाे सहयाेग हुनुपर्ने बताउनुभयाे । कार्यक्रममा पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठ, पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसी, जिल्ला समन्वय समितिका समन्वय अधिकारी लेखनाथ ज्ञवाली, शसत्र प्रहरी बल पाल्पाका प्रमुख रबि केसी, अनुसन्धानका प्रमुख सन्तोस बस्नेत, समाजसेवी दुर्गादत रेग्मी लगायतले बाेल्नुभएकाे थियाे ।

यस्तै त्रिभुवन माविका प्रधानाध्यापक नारायण प्रसाद नेपाल, इलका प्रहरी कार्यलय रिडिका प्रहरी सहायक निरक्षक शालिकराम थापा लगायतकाे उपस्थिति रहेकाे थियाे । यस्तै यहाँका जनप्रतिनिधिहरू, महिला समूह, पत्रकार, कलब, तथा अर्गलीका स्थायी बासिन्दाकाे उल्लेखनीय सहभागीता रहेको थियो । प्रहरी सहायक निरीक्षक देबराज पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन प्रहरी सहायक निरीक्षक गणेश बिकले गर्नुभएकाे थियाे । भबन १ करोड १५ लाख २४ हजारमा रूपियाँ लागतमा बनेकाे हाे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update