Erani Mahal
नेवार समुदायकाे टिका परेकाे भन्दै कात्तिक १३ गते पनि विदा
safe_image

काठमाडौं - सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update