Erani Mahal
घटना मिलाउने प्रयास असफल भएपछि पाल्पामा जनप्रतिनिधि पक्राउ
pakrau

पाल्पा - तिनाउ गाउँपालिका-६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट पक्राउ पर्नुभएकाे छ । चार दिन अघि मस्यामकै स्थानीय छिमेकी ५१ वर्षिया मनवीर नेपालीलाइ अपशव्द सहित गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा विष्ट पक्राउ पर्नुभएकाे हाे ।

प्रहरीमा जाहेरी दिने की नदिने भन्ने विषयमा अल्झिदा आराेपी विष्टलाइ पक्राउ गर्न ढिलाइ भएकाे थियाे । चार दिनअघि विष्टकाे घरमा काम गरेकाे ज्याला नेपालीले माग्दा विष्टले गालीगलाैज सहित कुटपिट गर्नुभएकाे पीडिकाे आराेप छ ।

घटना मिलाउने लामाे प्रयास भएपनि पीडितले नमानेपछि मुद्धा दर्ता भएकाे थियाे । आराेपीलाइ जाेगाउन कांग्रेसका सांसद, नेता र बिचाैलिया लागेका थिए । विष्टले राजनीतिक आडमा विगतदेखि नै गाउँमा दादागिरी गर्ने, आफ्नाे दम्भ देखाउने गरेकाे यहाँका स्थानीय बासिन्दा बताउँछन् । यद्यपी मुद्धा दर्ता भएपछि आराेपी विष्टलाइ पक्राउ गरिएकाे पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयाे ।

प्रहरीले भने घटना बाहिर आएपछि पीडितकाे मुद्धाका आधारमा आराेपीलाइ पक्राउ गरेर कानुनी कारबाही गर्न तयार रहेकाे बताएकाे थियाे । तीन दिनसम्म भएकाे एकल, संयुक्त र मध्यस्थकर्ताकाे छलफलमा कुरा मिल्न सकेकाे थिएन ।

'अभियुक्त विष्टलाई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट ८ दिनको म्याद थप भएको छ', प्रहरी निरीक्षक पौडेलले भन्नुभयाे, 'घटनाबारे थप अनुसन्धान भइरहेको छ।'

कुटपिटबाट नेपालीकाे दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको अवस्थामा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे जिल्ला अस्पताल पाल्पामा परीक्षण गरिएको प्रहरीले जनाएको छ। अभियुक्त विष्टविरुद्ध मंगलबार जातीय छुवाछुत तथा विभेदविरुद्धको मुद्दा दर्ता गरिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update