X

पूर्वखाेलाले विद्यालय भवनकाे रंग र विद्यार्थीकाे पाेशाक एउटै बनाउँदै

डिल्लीराज पंगेनी || ५ कार्तिक २०७६,मंगलवार २१:४८

पाल्पा – पूर्वखोला गाउँपालिकाले गाउँपालिकाभित्रका ३८ वटा विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूकाे पोशाक एउटै बनाउने तयारी गरेकाे छ । गाउँपालिकाभरिका विद्यार्थीहरुले लगाउने पोशाकमा एकरुपता ल्याई विद्यार्थीमा मानसिक रुपमा समेत समान भएकाे अभिप्रेरित गर्ने उद्देश्यले एउटै खालको पोशाक बनाउने तयारी गाउँपालिकाले गरेकाे हो ।

गत वर्ष यहाँका पाँच वटा नीजि विद्यालयलाई समेत सामुदायिक विद्यालयमा गाँभ्ने निर्णय गरेकाे गाउँपालिकाले अब पहिचानमा समेत समानता देखाउन पोशाकलाई एउटै बनाउने काम गरिरहेकाे गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । एउटै पोशाक बनाउँदा विद्यार्थीहरुमा विद्यार्थी सबै समान हुन् भन्ने मनोवैज्ञानिक प्रभाव पार्छ उहाँले भन्नुभयाे यसले शिक्षामा सरकार उपस्थित भएकाे अनुभूति पनि दिलाउँछ ।

विद्यार्थीको पोशाक एउटै बनाउने र विद्यालयको भौतिक पूर्वाधारलाई समेत एउटै रंगले रंगराेगन गर्ने गााउँपालिकाले तयारी गरेकाे छ ।


गाउँपालिकाभरि रहेको ३८ सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीले अबदेखि खरानी रंगको सर्ट र गाढा रंगको निलो पाइन्ट लगाउनुपर्नेछ । गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार एउटै पोशाक बनाउन गाउँपालिकाले आव २०७६/०७७ मा १८ लाख रुपियाँ विनियोजन गरेको छ । यस्तै विद्यालयको भवन एउटै रंगको बनाउन २५ लाख रुपियाँ विनियोजन भएको र विद्यालयहरुलाई अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।


विद्यालयहरुले भने गाउँपालिको तोके अनुसारको पोशाक परिवर्तन गरिरहेका छन् । गाउँपालिकाको अनुदान, विद्यालयको आन्तरिक स्रोत र विभिन्न सहयोगबाट पूर्वखोलाका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुलाई पोशाक वितरण गरिरहेका छन् ।


गत वर्ष यहाँका पाँच वटा नीजि विद्यालयहरुलाइ सरकारीमा मर्ज गरेर देशभरमै नमुना काम गरेको पूर्वखोला गाउँपालिकाले यस वर्ष त्यहाँको शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि एउटै पोशाक बनाउने र विद्यालयको भवनको रंग समेत एउटै बनाउने योजना अनुसार काम अगाडि बढाएको हो ।

पाल्पा जिल्लाको तानसेन नगरपालिकाले विभिन्न मापदण्डका बनाएर उत्कृष्ठ विद्यालय छनौट गरेर अनुदान दिइरहेको छ । तिनाउ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न विद्यालयमा छात्राबास कार्यक्रम संचालन गरेको छ । पाल्पाका अन्य गाउँपालिकाहरुले भने शिक्षा क्षेत्रमा खासै उपलब्धीमुलक काम गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys