Erani Mahal
तानसेनमा गरिएकाे बजार अनुगमनमा अखाद्य बस्तु भेटियाे
palpa-photo

तानसेन – चाडपर्वमा हुन सक्ने अखाद्य बस्तु बिक्री वितरण तथा कालोबजारी रोक्न तानसेन नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको छ । तानसेनको, कैलाशनगर, हुलाकचोक, शित्तलपाटी, तेर्सो सडक, बसन्तपुर नारायण स्थानमा नगरपाकिाले पाँच वटा टोली बनाएर एकैपटक अनुगमन गरेको हो ।

उक्त टोलीले तानसेनको बसपार्क, लहरेपीपल, टक्सारटोल, बतासेडाँडा, भीमसेनटोल टुडिखेल लगायतका स्थानमा अनुगमन गरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले जानकारी दिनुभयो ।

बजार अनुगमनकाे फाइल तस्विर ।


तानसेनमा व्यापारी व्यसायीले कानुनी प्रावधान पूरा गरे,नगरेको, खाद्य पदार्थ उपयुक्त भए,नभएको अनुगमन गरेको प्रशासकीय अधिकृत बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार तानसेनका ९७ वटा खुद्रा तथा किराना पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश स्थानबाट म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ ।

म्याद गुज्रेका र बिग्रिएका खाद्य पदार्थ अपत गरी नष्ट गरिएको तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा पेय पदार्थ, पेप्सी, कोक, मसला, अचार, कुरकुरे, माछामा राख्ने कलर, नेहागुट्खा, चकलेट, पास्ता, तिल जस्ता अखाद्य सामग्री फेला परेको थियो । उक्त सामग्री जफत गरी तानसेन नगरपालिकाका कर्मचारी, पत्रकार, प्रहरी, पाल्प उवासंघका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ ।


तानसेन नगरपालिकाले यहाँका उपभोक्ताहरूको हितमा हुने गरी पटक–पटक बजार अनुगमनलाई तीव्रता दिएको छ । गएको दशैँअघि पनि नगरपालिकाले बजार अनुगमन गरेको थियो । त्यसअघि नगरपालिकाले दुध डेरीहरुमा अनुगमन गरेको थियो । जिल्लाका अन्य केही स्थानीय तहहरुले भने दशैँ अघि वर्षको एक पटक बजार अनुगमन गरेका थिए । त्यसपछि भने बजार अनुगमन गर्न सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update