Erani Mahal
पूर्वखोला गाउँपालकिाका सबै विद्यालयमा एउटै पोशाक
74673230_3275889439118437_3550758809175588864_n

पाल्पा-पूर्वखोला गाउँपालिका भित्रका सबै विद्यालयहरुरुमा एउटै पोशाकको व्यवस्था मिलाइएको छ । गाउँपालिकाको केही आर्थिक सहयोगमा पूर्वखोला गाउँपालिकाका भित्रको विद्ययालयहरुलाइ पोशाक एउटै गराउने उद्देश्यका साथ अहिलेको पोशाकलाई परिवर्तन गरेर एकरुपता ल्याइएको हो । गाउँपालिकाका ३८ बिध्यालयको बिध्यार्थी एउटै युनिफम बनाउने र शिक्षामा पनि एकरुपता ल्याउन थालिएको पालिकाले जनाएको छ ।


पालिकाले नेपालमै नमुनाको रुपमा बोर्डिङ र सरकारी बिध्यालयलाइ समायोजन गरेको थियो । सोही अनुसार अब बिध्यार्थिको युनिफम र बिध्यालयको भवन कलर पनि एसै बर्ष भित्र एउटै गराउने योजना रहेको गाउपालिका अध्यक्ष नुन बहादुर थापाले वताउनु भयो ।

विद्ययार्थीको सटको रङ खरानी रङको र पाइन्ट गाडा निलो रङ को रहेको छ । गाउँपालिका सूचना अधिकारी मोहन ढकालका अनुसार गाउँपालिकाले विद्यार्थीको यूनिफमको लागि १८ लाख बिनियोजित भएको र विद्यालयको भवनको कलर गर्न २५ लाख बिनियोजित भएको बताउनु भयो ।


बिध्यार्थीको रेकर्ड हेरेर विद्यालयमा पर्ने रकम निकासा हुने उहाँले बताउनु भयो । जन उज्ज्वल आधारभूत विध्यालयले भने गाउँपालिकाबाट बिनियोजित रकम र नपुग रकम बिध्यालयको कोषबाट प्रयोग गरेर बिध्यार्थी लाइ निशुल्क रुपमा बितर्ण गर्न लागेको बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रेम नारायण पंगेनिले बताउनु भयो ।


जन उज्ज्वल आधारभूत ले १०४ जाना बिध्यार्थिलाइ कार्तिक ५ गते पोषाक बितरण गरेको छ यस्तै अन्य बिध्यालयले भने केहि शुल्क र केही गाउँपालिकाको अनुदान गरेर पोषाक बितरण गर्ने तयारी गरि रहेको छ ।
जन उज्वल आधारभुत बिध्यालय पूर्वखोला-३ अर्खलडा पाल्पाले आज एक कार्यक्रम गरेर गाउपालिकाको रकम निकास नहुदा सम्मलाइ विद्यालयको कोषको रकमबाट विद्यार्थीको अभिभावक बोलाइ यूनिफम बितरण गरेको बिध्यालयका प्रध्यापक कृस्ण प्रसाद पंगेनीले जानकारी गराउनु भयो ।

बितरण कार्यक्रम पूर्वखोला गाउपालिका कार्यपालिका देवि सरा गाहाको उपस्थितिमा भएको थियो । गाहाले विद्यार्थी सधै सफा र सुग्घर भएर आउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update