Erani Mahal
पाल्पाकाे रामपुरमा व्यवसायिक फुल खेती : फुलकाे स्थानीय बजारमा माग बढ्दो
73409183_406474380036202_7152457983476105216_n

पाल्पा - यस क्षेत्रमा पहिलो व्यवसायिक फुलखेती शुरु गर्नुभएका रामपुर-४, का दिल बहादुर थापाले उत्पादन गरेका फुलले सोचेभन्दा राम्रो बजार लिन थालेको छ । प्रदेश नम्बर ५ ले दिएको एक हप्ते तालिम लिएसँगै फुलखेती शुरु गरेका थापाले बारीमा रोपेका फुल ढकमक्क फुलेका छन् ।

उहाँको यो फुल खेती यस क्षेत्रको पहिलो व्यवसायिक फुलखेती हो । नेपालीहरुको महानबर्ष तिहारलाई मध्यनजर गर्दै थापाले १ रोपनी क्षेत्रफलमा लगाएको फुल फुलेर ढकमक्क भएको छ । दशैंदेखि नै टिप्न तयार भएको उहाको बारीको फुल विभिन्न संघसंस्थाले औपचारिक कार्यक्रममा लैजाने गरेका कृषक दिल बहादुर थापाले बताउनुभयो ।

उहाँको बारीमा पुगेर फुल हेर्ने र फुलको माग गर्नेको दैनिक भिडभाड लाग्छ । थापाको बारीमा फुलेका फुल बुटवल र नेपालगन्ज सम्म पुगेको छ । माग अनुसारले तिहारमा फुल र मालाको माग धान्न हम्मे पर्न सक्ने थापाले बताउनुभयो ।

पहिलो पटक कालीगण्डकी फाउण्डेशन नेपालले रामपुरमा भएको कार्यक्रममा फुलको गुच्छा र फुलको अर्डर दिएपछि थापा परिवारले फुल बेच्ने तयारी गरेर बिक्री शुरुवात गरेको हो । कार्यक्रमबाट चारैतिर हल्ला गएछ थापाले भन्नुभयो–त्यसपछि सबैतिरबाट कार्यक्रमका लागि माग भैरहेको छ ।

हाइव्रिड र उन्नत जातको सयपत्री र मखमली फुल लगाएका हौ,थापाले भन्नुभयो–सँगै धुपीमा मोडेर सयपत्री फुलको गुच्छा बनाएर पनि कार्यक्रममा मगाउनुभयो । तिहारका बेला प्लाष्टिकका फुल र बाहिरका फुलले बजार ढाक्ने र प्रयोग पनि बढेपछि मौलिक फुलको बजार संभावनाले आफुले खेती शुरु गरेको उहाले बताउनुभयो ।

तिहारमा भारतबाट लाखौं रुपँयाको फुल आयात हुने गरेको वास्तविकताका बीच बाहिरबाट ल्याउन महंगो पर्ने भएकाले आफ्नै गाउँ ठाउँमा फुल रोप्ने मनसाय बनेको उहाको भनाई छ । रामपुरमा बढ्दो बस्तीसँगै घरको बगैंचा र गमलामा लगाउन आबश्यक फुलका विरुवा समेत उहाको नर्सरीमा छ ।

प्रदेश तालिममा समन्वय गरेका कृषकहरुको सम्पर्कमा थापाले पहिलो पटक रामपुरदेखि टाढा नेपालगञ्ज फुल बिक्री गर्न सक्दा खुशी लागेको बताउनुभयो । रामपुर क्षेत्रमा हुने कार्यक्रममा माला र फुलको माग बढ्दै गइरहेको छ थापाकी श्रीमती शुकमायाँले थप्नुभयो । तिहारका बेला धेरैले घरमा आएर र फोनबाट फुलको कुरा गरेको उहाले सुनाउनुभयो । फुल खेती गर्न सहज सरल र लगानी कम हुने र अहिलेको मागका आधारमा फुल खेती गर्न सके बजारको प्रशस्त संभावना रहेको दिल बहादुरले बताउनुभयो ।

फुलको हेरचाह थापाका श्रीमान् श्रीमतीले दुवैले गर्नुहुन्छ । फुल टिप्ने बेलामा तयारी गर्न छोराछोरी समेतले सघाउनुपर्छ फुल मुसार्दै सुकमायाँले भन्नुभयो । भोलिपल्टको कार्यक्रमलाई अघिल्लो दिन माला, गुच्छा र फुल तयार पार्नुपर्छ साझँ टिपेर अबेर सम्म त्यही तयारीमा हुने उहाले बताउनुभयो । प्रति माला १ सय देखि १ सय २५ रुपैया र फुल किलोको ३ सय २५ रुपैयामा बिक्री हुने गरेको दिल बहादुरले बताउनुभयो ।

रामपुर ४ देविस्थान घर नजिकको १ रोपनी जग्गा भाडामा थापाले फुलखेती गर्नुभएको हो । जब फुल फुल्न थालेपछि उहको बारीमा हेर्न पुग्नेहरुको पनि उत्तिकै लर्काे लाग्ने गरेको छ । नर्सरी तयार गरि परिक्षण स्वरुप लगाईएको फुलबाट राम्रो उत्पादन भएको छ ।

केही बर्षदेखि तरकारी खेतीमा तल्लिन थापाले यसबर्ष देखि फुलखेती शुरु गर्नुभएको हो । रामपुरको अगुवा किसान थापा सहित २ जनाले आधुनिक कृषि फर्म दर्ता गरि मौसमी र बेमौसमी तरकारी खेती पनि गरिरहेका छन् । विदेशबाट स्वदेशमा नै कृषि कर्म गर्ने अठोट बोकेर फर्र्किएका थापाकै अग्रसरतामा उहाकै रामपुर नर्सरीबाट लगेर स्थानीय समुहले पनि फुलखेती गरेको छ । रामपुर ४ कासजरीको उद्यमी कृषक महिला समुहले पनि थापा सहित कृषि सेवा कार्यालयको सल्लाहमा १ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरेको छ ।

समुहमा आबद्ध १८ जना महिलाले रामपुरमा पहिलो पटक यस बर्ष फुलखेती गर्न सफल भएको समुहकी सिमा रानाले बताउनुभयो । दिल बहादुरकै अग्रसरतामा महिला समुहले फुल खेती गरेका छन् । दिल बहादुरकै नर्सरीबाट स्थानिय स्कुल रामतुलसी माबी र आधारभुत माबिमा फुल लगाइएको छ । थापाले स्कुललाई फुल सहयोग गरेका छन् ।

जिल्लामा नै फुलखेती शुरु गरेका दिल बहादुर थापा र महिला समुहले लगाएको फुलको अबलोकन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले फुलखेती रामपुरको गौरव भएको बताउनुभयो। रामपुरको शान फुलले बढाएको छ उअहाले थप्नुभयो-फुलखेती गरे बजारको समस्या छैन, नगरपालिकाले अझ सहयोग गर्छ ।

रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले काम गर्नेले फल पाउने भन्दै मेहनत र सुनौलो कामको प्रशम्सा गर्नुभयो । ४ का वडा सदस्य तथा न्यायसमिति सदस्य पार्वती परियारले स्थानीय फुल घरमा नगन्य भएपनि दशैं तिहारमा प्लाष्टिकका फुलले बजार ढाकेका बेला रामपुरमा फुलखेती भि¥याउने दिल बहादुरको सीप र लगनको खुलेर प्रशंसा गर्नुभयो ।

पालमा हाल तिहारमा मात्र २५ लाखको फुलको माग रहेको पुष्प व्यवसायी संघले जनाएको छ । त्यो मध्य पछिल्लो समय नेपालमै फुल खेति गर्ने व्यबसायीको संख्या बढेपछी २३ लाख नेपाली फुलले धान्ने र बाकी बाहिरबाट ल्याउनुपर्ने जनाउदा फुल खेती गरिरहेकालाई राज्यले सहयोग र हौसला दिने र दिल बहादुरले गर्नुभएजस्तै पुष्प व्यवसाय गर्ने वातावरण राज्यले सिर्जना गर्न सके देशको माग धान्ने मात्र होइन नेपालको फुल भारत लगायत तेस्रो मुलुकमा निर्यात गर्न सकिने थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update