Erani Mahal
रिडीमा भजन महाेत्सव तथा शंख बजाउने प्रतियाेगिता हुने
73010654_652470165276679_8561621467505098752_n

पाल्पा - रुरू धार्मिक सेवा सन्चार प्रालिले नेपालमै पाँचौ भजन महाेत्सज तथा भजन प्रतियोगिता गर्ने भएको छ । आउदो मंसीर १५ गते बिबाहा पन्चमीको पुनित अबसरमा कार्यक्रम गर्न लागिएको हाे ।

साेही कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि दोहोरो शंख बजाउने प्रतियोगिता, दिप प्रजलन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान, उत्कट कृषक सम्मान, दानवीर सम्मान सहित असल बुहारी समेत सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

भजन प्रतियोगितामा प्रथम पुरस्कार रु १0 हजार प्रमाणपत्र, दितिय पुरस्कार रु ५ हजार र प्रमाणपत्र, तृतीय पुरस्कर रु ३हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ । साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ ।

शंक बजाउने प्रतियोगिताका लागि प्रथमपुरस्कार रु १ हजार ५ सय र प्रमाणपत्र दितिय पुरस्कर रु १ हजार र प्रमाणपत्र, तृतिय पुरस्कार ७ सय र प्रमाणपत्र, सान्तवना पुरस्कार २ जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक, रुरु गाउँपालिका १ र २ का जेष्ठ नागरिक, कालीगण्डकी गाउँपालिका १ र २ का जेष्ठ नागरिक रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्यबति गाउँपालिका अस्लेवा १ का जेष्ठ नगरिक संमान गरिने छ ।

सम्पुर्ण संमाननित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष चुरामनी तिमिल्सिनाले जानकारी दिनुभयाे । रुरु धाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पुर्ण भक्तजन्हरुलाइ भन्डाराको समेत ब्याबस्था गरिने आयोजकले बताएको छ ।

यसै दिन सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागबत पाठपारायण बेद पाठ चन्डी पाठ हबन सिबजिको पुजा ग्रहसान्ती समेत गरिने छ । कार्यक्रममा रु १ हजार भन्दा माथि दान गर्ने दातालाइ सम्मान गरिनेछ । कार्यक्रम रुरु धाम रिडिमा गरिने हुने बताइएकाे छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update