Erani Mahal
निस्दीमा ट्रिपर गाेठभित्र पस्दा भैँसीकाे मृत्यु, दुर्घटना बढ्याे
tiper

पाल्पा – जिल्लाको पूर्व निस्दी गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा एउटा भैँसीको मृत्यु भएको छ । निस्दी गाउँपालिका–७, ज्यामिरेमा टिप्पर दुर्घटना भई स्थानीय बासिन्दा भुवनंिसह विकको गोठमा टिप्पर पस्दा भैँसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टिप्पर गोठमा पस्दा विकको गोठ पूर्ण रुपमा नष्ट भएको छ ।


ना २ ख १२०० नम्बरको टिप्परले ज्यामिरे भुटुकेबाट चुनढुंगा लिएर सर्दीतर्फ जाने क्रममा अत्याधिक लोडका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन । यस स्थानमा पछिल्लो समय दिनहुँ जसो टिप्पर दुर्घटना हुने गरेको छ । अत्याधिक भार, कच्ची सडक र ग्रेड नमिलेको सडकका कारण ज्यामिरेमा दुर्घटना बढेको स्थानीय बासिन्दाको भनाई छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update