Erani Mahal
पाल्पामा अबैध घरेलु मदिरा प्रहरीद्वारा नष्ट
poli

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध घरेलु मदिरा नष्ट गरेको छ । तानसेन–५, नारायणडाँडाकी तुल्सी सोमैको घरमा अबैध रुपमा बनाएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।


अबैध मदिरा बनाएको सूचनाका आधारमा प्रहरी निरीक्षक देवराज पौडेको नेतृत्वमा प्रहरी घरमै पुगेर १५ लिटर रक्सी र रक्सी बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले स्थानीय बासिन्दा, प्रहरी, स्थानीय भद्रभलाद्मी, पत्रकार, नागरिक समाजको रोहबरमा मदिरा नष्ट गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update