Erani Mahal
छहरामा प्रहरी चाैकी स्थापना गर्ने निर्णय
DSC_3237

पाल्पा – पाल्पाको रैनादेवी छहरामा प्रहरी चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समितिले स्थलगत निरीक्षण गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले रैनादेवी छहरा गाउँपालिकामा पुगेर प्रहरी चौकी स्थापना गर्न उपयुक्त स्थानको छनौट तथा स्थलगत निरक्षण गरेको छ ।

प्रजिअ उमेश ढकालले यस क्षेत्रका जनताको शान्ति सुरक्षाका लागि चौकी स्थापना गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । निरीक्षणपछि भएको गाउँपालिकामा छलफल भएको छ । छलफलपछि रैनादेवी छहरा गाउँपालिकाकाे वडा नं. ४ को पुरानो स्वास्थ्य चौकी भवन नजिकैँ प्रहरी चौकी स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा पाल्पाका गोरख दल गणका प्रमुख सेनानी सुरज थापा, प्रहरी उपरीक्षक दिपेन्द्र जिसी, शसत्रका प्रहरी नायव उपरिक्षक रवि केसी, प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, स्थानीय स्तरका नेता, व्यापारी, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी ढकाल सहितको टोलीले बल्डेङ्गढीमा रहेको प्रहरी चौकीको समेत अनुगमन गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update