Erani Mahal
भारत-पाकिस्तान युद्धमा पाल्पा रामपुरका श्रेष्ठकाे मृत्यु
75264760_2387674914661153_3668491984542105600_n

पाल्पा – पाकिस्तानी सेनासँगको भिडन्तमा भारतीय सेनामा भर्ती हुनुभएका पाल्पा रामपुर नगरपालिका–४, सदावर्तका गमिलकुमार श्रेष्ठको ज्यान गएको छ । २७ महिनाअघि भारतीय गोर्खा सैनिकमा भर्ती हुनुभएका श्रेष्ठको भारतीय र पाकिस्तानी सेनाको दोहोरो भीडन्तमा मृत्यु भएको हो ।
आइतबार राति पाकिस्तान नियन्त्रित पीओकेमा भारतीय सेनाले आक्रमण गरेको थियो ।

पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । सोही क्रममा पाकिस्तानको आक्रमणमा परी भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका राइफलम्यान २४ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । सोही आक्रमणमा नेपाली मूलका हवल्दार पदमबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।


पदमबहादुरको भने ठेगाना खुलेको छैन । पछिल्लो समय भारत र पाकिस्तानका बीचमा तनाव बढेको छ । रामपुरका श्रेष्ठको हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू रहनुभएको रामपुर ४ का वडा अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update