Erani Mahal
सत्यवतीमा खुल्ला भलिबल सम्पन्न, शुभकामना क्बल प्रथम
73513755_694444077744214_8932190309501108224_n

डिलबहादुर गाहा, पाल्पा - खेलकुदकाे विकास गराै, स्थानीय खेलाडी उत्पादन गराै भन्ने मुल नारा सहित राजापानी भलिबल क्लव रैनादेवी छहरा - ८ सत्यवतीकाे आयाेजनामा खुल्ला पुरुष भलिबल प्रतियाेगिता आइतबार सम्पन्न भएकाे छ।

आयाेजक ३ टिम सहित १३ टिम बिच भएको प्रतियाेगिताकाे फाइनल खेलमा शुभकामना युवा क्लब रैनादेवी छहरा -७ जाेगदमारले न्यु सेभेन स्टार युवा क्लब रैनादेवी छहरा -८ बुढिदमारलाइ २५:२२,२५:१४,२५:१०ले साेझाे ३-० सेटले पछि पार्दै शुभकामना युवा क्लब प्रथम र न्यु सेभेन स्टार युवा क्लब द्वितीय र झरना सङगितम् युवा क्लव पाणिनि -२ डाङरे अर्घाखाँची तृतीय भएको थियो ।

प्रतियाेगितामा प्रथम, द्वितीय ,तृतीय हुने टिमलाई करमश १५ हजार , १० हजार ,५ हजार नगद, प्रमाणपत्र र मेडल कार्यक्रमका प्रमुख अतिथि रैनादेवी छहरा -८ का वडाध्यक्ष थमान बहादुर रानाले बितरण गर्नुभएको थियो ।क्लबका अध्यक्ष नाेखबिर रानाको अध्यक्षतामा भएको कार्यक्रममा खेल अवधीभर उट्कृष्ट खेल प्रर्दशन गर्ने खुर्साने युवा क्लबका जित बहादुर कुवर उट्कृष्ट खेलाडी छनाेट भए ।

कार्यक्रममा खेल सञ्चालनमा सहयोग गर्ने अफिसियल, चन्दादाता तथा सहयोगी हातहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव अन्जान रानाले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update