Erani Mahal
पूर्वखाेलामा भएकाे 'पालिका स्तरीय' खेलमा कालीगण्डकीलाई उपाधि
eerr-1

पाल्पा - पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाका खेलाडीहरू सहभागी भएकाे पालिका स्तरीय भलिबलकाे उपाधि स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाले हात पारेकाे छ । पाल्पाकाे पूर्वखाेला गाउँपालिकाकाे सहयाेगमा पूर्वखाेला- १, सिलुवाकाे मण्डली क्लवको आयमन्डली स्पोर्टस क्लवको आयाेजनामा प्रतियाेगिता भएकाे हाे ।

मण्डली क्लबकाे शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान, भन्ने नारा सहित पालिका स्तरीय भलिवल खेल र खुल्ला ब्यानमिन्टन सम्पुर्ण खेल भएकाे थियाे ।

पूर्वखाेला गाउँपालिकाका अध्य्क्ष नुन बहादुर थापाले दुबै खेलकाे उद्घाटन गर्नु भएको थियाे ।

प्रतियाेगितामा पाल्पा , स्यांजा , तनहुँ लगायतका १२ पालिका सहभागी भएका थिए । खेलमा कालिगण्डकी गाउँपालिका स्याङ्जा प्रथम, निस्दी गाउँपालिका पाल्पा, द्धितिय, घिरिङ गाउँपालिका तनहुँ तृतिय भएकाे छ भने, पूर्वखोला गाउँपालिका सान्तवना भएकाे छ ।

समापन कार्यक्रमका प्रमुख अथिती प्रदेश -५ का सभासद युवराज खनालले खेलबाटै देश र बिदेशमा पहिचान कायम गर्न सकिने धारणा राख्नुभयाे ।

खनालले प्रथम, द्वितीय , तृतीय र सान्तवना हुने सबैलाइ पुरस्कार मेडल ट्रफी समेत प्रदान गर्नुभयाे । भलिवल खेलमा प्रथम, द्धितिय, तीतृय र सान्तवना हुनेले क्रमस ६० हजार ४० हजार २० हजार १० हजारका दरले नगद सहित पुरस्कार पाएका थिए ।

यस्तै ब्यान्मिन्टन तर्फ १७ टिम सहभागी भएकाेमा तनहुँ खैरेनिका कमल राना र रेशम आलेको समुह प्रथम, रामपुर -५ का संकर खाण्ड र भानु शाहीको समुह द्वितीय र तृतीय रामपुर नगरपालिकाका अज्न थापा र सन्तोस आलेको समुह र मौलिया रुपन्देहिका हुम गुरुङ र मोहन गुरुङ को समुह तृतिय भएका छन् ।

प्रथम, द्धितिय र तृतिय क्रमश २० हजार १० पाएका थिए । समापन कार्यक्रममा पूर्वखोला गाउपालिका अध्यक्ष नुन बहादुर थापा, पूर्वखोला गाउँपालिकाका प्रवक्ता तथा वडा न २ वडा अध्यक्ष निर वहादुर सारु, वडा न १ वडा अध्यक्ष भोग बहादुर थापा, रामपुर नगरपालिका -९ वडा अध्यक्ष इक्षाराम सिंजाली, रामपूर नगरपालिका समाज सेवि राजु श्रेष्ठले बाेल्नुभयाे ।

प्रथम पूरस्कारका शैजन्यकर्ता प्रेम काम्मु लगायतले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमा करुवा नाच सास्कृतिक कार्यक्रम समेत गरेको थियो समापन कार्यक्रम मण्डली स्पोर्स कल्वका अध्यक्ष अन्नत श्रेष्ठको अध्यक्षतामा, उपाध्यक्ष नुन बहादुर खासुको स्वागत र सचिव कृष्ण पंगेनीको संचालनमा भएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update