Erani Mahal
पाल्पामा बालबालिकालाई खुवाइयाे भिटामिन 'ए' र जुकाकाे औषधि
purbakhola

पाल्पा- पाल्पामा पनि शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइएकाे छ । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाएकाे हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । पाल्पाका दश वटै स्थानीय तहमा भिटामिन ए खुवाइएकाे हाे ।

बालबालिकालाइ भिटामिन 'ए' खुवाउनुहुँदै पूर्वखाेला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा । तस्बिर : इरानीमहल ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइएकाे हाे । तानसेन नगरपालिका, रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, रिब्दीकाेट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, पूर्वखाेला गाउँपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाका बालबालिकालाइ भिटामिन ए र जुकाकाे औषधि खुवाइएकाे थियाे ।

भिटामिन र जुकाकाे औषधि खुवाउनका लागि पाल्पाका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वायम् सेविका खटेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update