Erani Mahal
तानसेनको पर्यटकीय केन्द्र रानीमहलमा सरसफाई
72789058_421613061836154_7216671957914222592_n

पाल्पा–तानसेन नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल रानीमहलमा सरसफाई गरेको छ । तानसेन १३ बौघागुम्हाको कालीनदीको किनारामा रहेको पर्यटकीय क्षेत्र रानीमहललाई केन्द्र सरकारले स्थानीय सरकार तानसेन नगरपालिकालाई हस्तान्तरण गरेसँगै समय समयमा सरफाई लगायतका कामहरु नगरपालिकाले गर्दै आएको हो ।


नगरपालिकाको सरसफाइ शाखाले रानीमहलको भित्र, बाहिर र परिसरमा सरसफाई गरेको हो । सरसफाई शाखा प्रमुख शंकर भण्डारीकोको नेतृत्वमा गएको १८ जनाको टोलीले सरसफाई गरेको हो ।


रानीमहल क्षेत्रका झाडी काट्ने पन्छाउने, लेउ र काइ हटाउने, मोटर लगाएर पानीले फोहर बगाउने, पर्यटकले फ्याँकेका फोहर बटुल्ने र महलभित्र बढार्ने कार्य गरिएको शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो । रानीमहलमा दैनिक सरदर ५ सय पर्यटक पुग्ने गरेका छन् । सरकारले समेत सन् २०२० को पर्यटन वर्ष सफल बनाउन रानीमहललाई घुम्नै पर्ने १ सय पर्यटकीय क्षेत्रको रुपमा समेत सुचिकृत गरेको छ ।


रानीमहल स्थानीय सरकारमा आएसँगै दीर्घकालिन गुरुयोजना बनाएर केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने गरी योजना बनाई सोही अनुसारको कामहरु गरिदै आएको तानसेन नगरप्रवक्ता दामोदर प्रसाद घिमिरेले बताउनुभयो । उहाँले रानीमहल क्षेत्रमा इको पार्क सहित प्रदेशको योजना छ यस्तै केन्द्र सरकारसँग मिलेर एक महत्वपूर्ण पर्यटकीय गन्व्यका रुपमा रानीमहललाई विकास गरिने घिमिरेले रानीमहललाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update