Erani Mahal
पूर्वखोलामा जारी पालिका स्तरीय खेलकूद आइतवार सकिदै
72684887_478380439424195_3492420594811535360_n

पाल्पा मन्डली स्पोर्टस क्लवको शान खेलकुद तथा लोक संस्कृतिको पहिचान भन्ने नारा सहित पूर्वखोला गाउँपालिका, १ सिलुवाको मण्डली स्पोटर्स क्लबको आयोजना र पूर्वखोला गाउँपालिका सह आयोजनमा पालिका स्तरीय भलिवल र खुल्ला ब्याडमिन्टन खेलको संचालन भएको छ ।


पूवखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेल उद्घाटन गर्नु भएको कार्यक्रममा पाल्पा, स्यांजा, तनहँु लगाएतका १२ पालिकाका खेलाडीहरुको सहभागिता रहेको छ ।


खेलको दोस्रो दिन भएको क्वाटर फाइनलको खेलमा पूर्वखोला गाउँपालिका पाल्पाले तिनाउ गाउँपालिका पाल्पालाइ पराजित गरी सेमिफाइनलमा प्रबेश गरेको छ त्यस्तै निस्दी गाउँपालिका पाल्पाले चापाकोट नगरपालिकालाइ पराजित गरी सेमिफाइनलमा प्रबेश गरेको छ ।


आजकै खेलमा घिरिङ गाउँपालिका तनहुँले रामपुर नगरपालिकालाइ परिजाती गरी सेमिफाइनलमा प्रबेश गरेको छ र कालिगण्डकी गाउँपालिका स्यांजाले रम्भा गाउँपालिका पाल्पालाइ पराजित गरी सेमिफाइनलमा प्रबेश गरेको आयोजकले जनाएको छ ।

भलिवल खेलमा विजयी हुने खेलाडीहरुले प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमशः ६० हजार,४० हजार २० हजार १० हजार पाउने छन यस्तै ब्यान्मिन्टन तर्फ १७ टिम ले भाग लिएको मा तनहँु खैरेनीका कमल राना र रेशम आलेको समूह प्रथम, रामपुर ५ का शंकर खाँड र भानु साहिको समुह द्धितिय र तृतिय रामपुर नगरपालिकाका अज्न थापा र सन्तोस आलेको समुह र मौलिया रुपन्देहीका हुम गुरुङ र मोहन गुरुङको समुह तृतिय भएका छन् ।


व्याडमिन्टनका प्रथम द्धितिय र तृतिय क्रमस २० हजार १० हजार र ५ हजार प्राप्त गरेका छन् । कार्तिक ३ गते भलिवलको फाइनल खेल सहित कौरा नाँच बिविध सांस्कृतिक कार्यक्रम सहित समापन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update