Erani Mahal
नेपाल कम्युनिस्ट पार्टी निस्दीको शुभकामना आदानप्रदान कार्यक्रम
73047205_624228381446200_2994879097772965888_n

पाल्पा - नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम मित्यालमा सम्पन्न भएको छ।

कमिटीका अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना नेपाल कम्युनिस्ट पार्टी ५ नम्बर प्रदेश सदस्य टंक खनाल रहनुभएको थियो ।

निस्दी गाउँपालिका उपाध्यक्ष रिता अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मुख्य पाहुना खनाल , जिल्ला कमिटी पाल्पा सदस्य बुद्धिराज गौतम , देबीलाल लामिछाने , जनक ढकाल , बलु गैरे , दमन पाटा , निस्दी गाउँपालिकस अध्यक्ष मुक्त बहादुर सारु , लिल बहादुर रास लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

सोही अवसरमा शिक्षक सेवा आयोगमा उतिर्ण २९ जना शिक्षकहरुलाई सम्मान गरेको थियो। कार्यक्रमको संचालन कमिटीका सचिव रामप्रसाद खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update