Erani Mahal
नवदुर्गा मावि रामपुरमा  अन्तर सदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न
nabadurga-school

पाल्पा - नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका ६ तिलकपुर पाल्पामा शुक्रवारीय कार्यक्रम अन्र्तगत अन्तर सदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम ह्वाईट हाउस, द्धित्तिय बिल्यु हाउस र तृत्तिय एल्लो हाउस भएका छन् । प्रतियोगितामा छ वटा सदनले भाग लिएको शिक्षक दिपेन्द्र भट्टराईले बताउनुभयो ।

प्रधानाध्यापक भानुभक्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक लालप्रसाद भण्डारी र सुदिप खनालले गर्नुभएको हो । विद्यालयले हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यसैगरी नजिकिदै गरेको शुभ दिपावली पर्वको सन्दर्भ पारेर तीहार विशेष कार्यक्रम भएको छ । विद्यालयका शिक्षिकाहरुले शिक्षकलाई दाजुभाई सम्झेर मिठा मिठा परिकार खुवाई तीहार बिशेष कार्यक्रम मनाइएको छ ।

शुभ दिपावलीको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरी रमाईलो नाचगानका साथमा कार्यक्रम भएको शिक्षक सावित्रा घिमिरेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update