X

बढी यात्रु बोक्ने दुई सय ३७ सवारी साधन कारवाहीमा

रानीमहल संवाददाता || २ कार्तिक २०७६,शनिबार १७:४३

हेटौँडा : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ ।

दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, कागपत्र नहुने, मादक पदार्थ सेवनगरी सवारी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिनेलगायतका कारणले सवारीसाधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले कारवाहीमार्फत रु दुई लाख ३७ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

प्रहरीले कारवाही गरेका सवारी साधनमध्ये नौ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकामा कारवाही गरिएको हो । दशैँको समयमा हेटौँडामा फरक–फरक स्थानमा भएका दुई दुर्घटनामा दुईको मृत्यु भएको बताइएको छ ।

भैरवडाँडामा ट्र्याक्टर दुर्घटना र जिल्ला प्रहरी कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक÷एक गरी जम्मा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys