Erani Mahal
पाल्पाको जोर्ते दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते (पूर्ण विवरण सहित)
bus-accident

पाल्पा – तानसेन तम्घास सडकखण्ड अन्तर्गत रिब्दीकोट–२, जोर्ते भन्ने स्थानमा दुई वठा ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपाािलका–३, ठूलोलुम्पेकका ३९ वर्षिय हिककुमार कुवरको मृत्यु भएको छ ।

घाइते कुवरलाई उपचारका लागि तानसेनतर्फ ल्यादै गर्दा मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक मोति खड्काले जानकारी दिनुभयो ।

प्रतिनिधि तस्विर : गुगल ।


तानसेनबाट गुल्मीतर्फ जाँदै गरेको ना ४ ख १७०० नम्बरको ट्रक र गुल्मीबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख ९२०२ नम्बरको ट्रक जोर्तेमा ठोक्किएको हो । दुई वटा ट्रक आपसमा ठोक्किदा ९२०२ नम्बरको ट्रक सडकबाट चार सय मीटर तल खसेको थियो । दुर्घटनामा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार तानसेनस्थित मिसन अस्पताल भइरहेकाे छ ।


घाइतेहरुको विवरण यस प्रकार छ :–
१. गुल्मी जिल्ला, सत्यवती–५, का ३५ वर्षका माधव भण्डारी (अवस्था मध्यम)
२. गुल्मी जिल्ला, सत्यवती–५, का ३४ वर्षकी कृष्णकुमारी काउछा (अवस्था मधयम्)
३. गुल्मी जिल्ला, सत्यवती–५, का २१ वर्षका सन्तोष सिंजापति (अवस्था मध्यम)
४. गुल्मी जिल्ला, सत्यवती–५, की १५ वर्षकी झरना काउछा (अवस्था मध्यम)
५. गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका–८, का १९ वर्षका सन्तोष राना (अवस्था सामान्य)
६ गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका–८, का २७ वर्षका धनबहादुर राना (अवस्था सामान्य)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update