X
20
Shares

पाल्पाकाे जाेर्तेमा ट्रक दुर्घटना हुँदा १ जनाकाे मृत्यु, ७ जना घाइते

रानीमहल संवाददाता || १ कार्तिक २०७६,शुक्रबार २०:०२

पाल्पा – तानसेन तम्घास सडकखण्ड अन्तर्गत जोर्ते भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । ज्यान गुमाउने गुल्मी जिल्ला सत्यवती गाउँपालिका-३, ठूलाेलुम्पेकका ३९ वर्षका हिमकुमार कुवर रहेको प्रहरीको भनाई छ ।

प्रतिनिधि तस्विर : गुगल ।

शुक्रबार बेलुकी तानसेनबाट तम्घासतर्फ जाँदै गरेको ना ४ ख १७०० नम्बरको ट्रक र तम्घासाबाट तानसेन तर्फ आइरहेकाे लु १ ख ९२०२ नम्बरकाे ट्रक आपसमा ठाेक्किदा दुर्घटना भएको हो । ट्रक सडकबाट चार सय मीटर खसेको छ । दुर्घटनामा परी ७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याएर उपचार सुरु भएको छ ।

घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys