Erani Mahal
पाल्पामा विप्लवका जिल्ला सचिवालय सदस्य गैरेद्वारा पार्टी परित्याग
Untitled-1-copy

पाल्पा– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी पाल्पाका जिल्ला सचिवालय सदस्य मुक्ति गरैले पार्टी परित्याग गर्नुभएको छ ।


शुक्रवार एक प्रेस वक्तव्य जारी गर्दै गरैले लामो समयदेखि माओवादी आन्दोलनमा लाग्दै आएको तर व्यक्तिगत तथा घरायसी कारणले पार्टीमा काम गर्न नसकेको भन्दै राजिनामा दिएको घोषणा गर्नुभएको छ ।


उहाँले वक्तव्यमा भन्नुभएको छ ः विगत १५ वर्षदेखि यही आन्दोलनमा खट्दै आइरहेको कुरा सर्व्विदितै छ । यहि आन्दोलनमा निरन्तर खट्ने क्रममा तत्कालिन नेकपा(माओवादी), एकिकृत नेकपा (माओवादी), नेकपा–माओवादी हुँदै पछिल्लो समयमा महासचिव नेत्र विक्रम चन्द “विप्लव” ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टीको विशिष्ट जिम्मेवारी पार्टी जिल्ला सचिवालय सदस्य तथा पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रिय सदस्य भई सोही जिम्मेवारीमा रही रुपन्देही, गुल्मी हुँदै पछिल्लो समय पाल्पामा काम गर्दै आइरहेको थिएँ । वास्तविक कम्युनिष्ट आन्दोलनको उच्चतालाई आत्मसाथ गर्ने सन्दर्भमा पार्टीले दिएको जिम्मेवारी आफूले दत्तचित्त भएर लागिरहेको कुरा सर्व्विदितै थियो ।

यसै सिलसिलामा २०७४ असोजमा पहिलो पटक २३ दिन, दोश्रो पटक २०७५ जेठमा २५ दिन, तेश्रो पटक २०७६ जेठ–असारमा २६ दिन पटक पटक प्रहरी हिरासत बिताई निस्कने काम भएको छ । तेश्रो पटक २०७६ असार २२ गते निस्किए लगत्तै पार्टीले शुद्धिकरण अभियानमा हालेको थियो । उक्त अभियानमा म नखटेको कुरा सही हो । मेरो स्वास्थ्य, घरायसी समस्या, पढाई र स्वभावजन्य कार्यशैलीको कारणले पार्टीले हालेको अभियानमा आजको मितिदेखि उक्त जिम्मेवारी पुरा गर्न नसक्ने यसै वक्तव्य मार्फत जानकारी गराउँदछु । पार्टीलाई परेको विशिष्ट परिस्थितिमा उच्च मनोबलका साथ जानुपर्ने अवस्थामा मेरो पटक–पटक अन्जानमा हुने कार्यशैली, स्वास्थ्य, घरायसी समस्या र पढाईको कामले पुरा गर्न नसक्ने हुँदा बिना कामको जिम्मेवारीमा रही पार्टी र संगठनको काममा बाधक बन्न ठिक मानिन ।

त्यसैले म आजको मितिदेखि पाल्पा जिल्ला पार्टी सचिवालय सदस्य तथा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय समितिको सदस्य बाट राजिनामा दिदैं पार्टीको कुनैपनि जिम्मेवारी र सदस्यमा नरहने घोषणा गर्दछु ।

आगामी दिनहरुमा विगत केहि वर्ष अगाडिबाट नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरी काम पनि गर्दै आइरहेको सन्दर्भमा यसै प्रेस वक्तव्य मार्फत म स्वतन्त्र रहने घोषणा गर्दछु । गैरैद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update